नेपाली ठिटो हलिउड फिल्ममा
२०७४ असार १ बिहीबार १०:४४:००
मा प्रकाशित

काठमाडौ, १ असार। पोखरा घर भएका न्यूजिल्याण्ड निवासी दिपेश पराजुली हिलउड फिल्ममा देखिएका छन् । हलिउडका चर्चित नायक टोम क्रुजले बनाएको चलचित्र ‘मिसन ईम्पोसिबल ६’ मा न्यूजल्याण्ड निवासी नेपाली दीपेशले गांउलेको भूमिका निभाउने अबसर पाएका छन् ।
यो चलचित्रको शूटिंग न्यूजिल्याण्डमा नै हुने र एउटा कस्मिरी अनुहारको खोजी भैरहेको थाहा पाए पछी फोटो सहित दरखास्त दिएका दिपेशलाई त्यही फोटोले नै हलिउड चलचित्रमा पुर्याएको हो । यो चलचित्रको जून १६ बाट न्यूजिल्याण्डमा छायांकन शुरू भएको छ ।