कमेडियन जोनी लिभर पहिलो पटक छोरीसँगै एउटै फिल्ममा देखिंदै

२०७५ फाल्गुण १६ बिहीबार १२:५२:०० मा प्रकाशित


एजेन्सी । बलिउड फिल्मका चर्चित कमेडियन जोनी लिभर पहिलो पटक आफ्नी छोरी जामी लिभरसँग एउटै फिल्ममा देखिने भएका छन् । यि दुई कमेडीयन साजिद नाडियावालाको फिल्म ‘हाउसफुल ४’ मा आउन लागेका हुन् ।  

बाबुकै पदचिन्ह पछ्याउँदै कमेडि विधामा स्थापीत हुन प्रयासरत जामीले यसअघि कमेडी प्रतियोगिताहरुमा भाग लिइ आफ्नो कला प्रदर्शन गरिसकेकी छिन् ।

कमेडी फिल्म हाउसफुल को तीनवटा सिक्वेल यसअघि दर्शकले मन पराइसकेका छन् । यस फिल्म यि दुई कमेडियन बाहेक अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृती सेनन, पूजा हेज र कृती खरबन्दा छन् ।

चलचित्रको विषयवस्तुमा कमेडीको मात्रा पर्याप्त भएकोले जोनी र जामीको संयुक्त उपस्थितीले फिल्म थप रोचक हुने अनुमान गरिएको छ ।

 

ताजा खबर