श्रीदेवीको स्थानमा नायिका बनेकी माधुरी दिक्षित यसो भन्छिन्

२०७५ फाल्गुण १६ बिहीबार १२:२४:०० मा प्रकाशित


एजेन्सी । पछिल्लो वर्ष कार्डियाक अरेस्ट आइ अचानक मृत्यु भएकी बलिउडकी प्रिय नायिका श्रीदेवीले काम गर्ने भनिएको चलचित्र ‘कलंक’ मा उनको स्थानमा माधुरी दिक्षितले सो भुमिका निभाएकी छिन् ।

अभिषेक बर्मनले बनाएको उक्त चलचित्रको अहिले पोष्ट–प्रोडक्सनको काम चलिरहेको छ । उक्त चलचित्रमा श्रीदेवीलाई करार गरिएको थियो । उनको मृत्यु पश्चात सो स्थानमा आएकी अर्की नायिक माधुरी दिक्षितले त्यसबारे पहिलोपटक सार्वजनिक रुपमा प्रतिक्रिया दिएकी छिन् ।

हालसालै एक अन्तर्वार्ताको क्रममा उनले आफुलाई पहिलोपटक करन जोहरले श्रीदेवीको स्थानमा सो भुमिकामा काम गर्न भन्दा आफु भावुक भएको बताएकी छिन् । उक्त फिल्ममा मेहनत साथ काम गरेकी ‘धक–धक नायिका’ माधुरीले आफ्नो कामले श्रीदेवीलाई गौरवान्वित बनाउने विश्वास रहेको बताइन् ।

उनले श्रीदेवीसँग आफ्नो सम्बन्ध लामो समयदेखि भएको र उक्त सम्बन्ध गाढा रहेको बताइन् । यस्तोमा उनको मृत्युको खबर आफुले विश्वासै गर्न नसकेको पनि बताइन् ।

‘कलंक’ फिल्मको कथा सन् १९४० तिरको घटनासँग सम्बन्धीत रहेको बताइएको छ । सो समयमा भारत–पाकिस्तानको बिचमा तनावपूर्ण अवस्था रहेको थियो । चलिचित्रमा माधुरी बाहेक सन्जय दत्त, आलीया भट्ट र बरुण धवन जस्ता हस्तीहरु रहेका छन् ।

 

 

ताजा खबर