बलिउडमा ‘डेब्यू’ अघि नै चम्कीइन् यी नायिका

२०७५ फाल्गुण १५ बुधबार ११:३९:०० मा प्रकाशित

एजेन्सी । बलिउडको पहिलो फिल्ममा काम गर्दै गरेकी नव नायिका अनन्या पाण्डे आफ्नो पहिलो फिल्म ‘स्टुडेन्ड अफ द इएर २’ रिलिज हुनुपूर्व नै चर्चित भइसकेकी छिन् ।

करन जोहरको निर्देशनमा रहेको उनको डेब्यू फिल्म रिलिजको संघारमा भएकी यि नायिकाले दोश्रो फिल्मको तयारी पनि पुरा गरेको बताइएको छ । फिल्म मात्र नभएर ब्रान्डहरुले पनि उनलाई पछ्याइरहेको थाहा भएको छ ।

अभिनेत्रीको नजिकका समाचार सुत्रका अनुसार ल्याक्मे इण्डियाले उनलाई सबैभन्दा पहिले अनुबन्धित गरेको थियो । सो ब्रान्डसँग अनुबन्धित हुने सबैभन्दा कम उमेरकी नायिका अनन्याले ल्याक्मे मार्फत् उनले आफ्नो पहिचान बनाउन सफल भइन् । अहिले अन्य दुई शिर्ष ब्रान्ड उनलाई अनुन्धित गराउन प्रयासरत रहेको छ ।

अनन्या यसरी छिट्टै सफल हुनुमा उनको सहजै घुलमिल हुने बानी रहेको उनलाई नजिकबाट चिन्नेहरुले बताइरहेका छन् । चुलबुले व्यक्तित्व भएकी यि नायिका आफ्नो उच्च स्तरको व्यवहारको कारण युवाहरुमाझ अझै लोकप्रिय रहेको खुलेको छ ।

कफी विथ करन नामक शो मा अनन्यालाई नजिकबाट चिनिएको थियो भने करन कै फिल्म  फिल्म ‘स्टुडेन्ड अफ द इएर २’ ले उनलाई बलिउडमा स्थापित गराउने छाँटकाँट देखिइसकेको छ ।

त्यस्तै उनि ‘पति, पत्नि और वह’ नामक फिल्मको रिमेकमा कार्तिक आर्यनसँग पनि देखिने भएकी छिन् ।  

 

 

ताजा खबर