अचम्म तर सत्य: तीनदिनमै १ अर्बको कमाई 

२०७५ फाल्गुण १५ बुधबार ०७:५७:०० मा प्रकाशित

करिब १७ वर्ष पछिको अनिल कपुर र माधुरी दीक्षितको धक–धक जोडी हिन्दी कथानक चलचित्र टोटल धमालपछि फेरी चर्चामा आएको छ । उक्त चलचित्रमा अनिल कपुर, अजय देवगन, अरशद वारसी, संजय मिश्रा, रितेश देशमुख, माधुरी दीक्षित, जावेद जाफेरी, जोनी लिवर जस्ता ख्यातिप्राप्त कलाकारको अभिनय रहेको छ । 

हिन्दी कथानक चलचित्र दिल, बेटा, मस्ति, धमाल र थुप्रै गुजराती चलचित्रहरु निर्माण गरिसकेका निर्देशक इन्द्र कुमारले पछिल्लो पटक टोटल धमाल निर्देशन गरेका छन् । हाँस्य, एक्सन र एडभेञ्चर विधामा आधारित यो चलचित्र २ घण्टा १० मिनेटको छ । 

खराब रिभ्युजका बाबजुत पनि टोटल धमालले ३ दिन मै करिब १०० करोड रुपैयाँ कमाएको छ । 

अजय देवगणका पछिल्ला फिल्म सिंघम रिटर्नस् (२०१४)ले करिब १२५ करोड र “गोलमाल एगेन”ले करिब १४० करोड कमाई गरेको थियो ।
 

ताजा खबर