अब ‘डाका’सँग देखिनेछिन् जरिन खान 

२०७५ फाल्गुण १४ मंगलबार १४:३०:०० मा प्रकाशित

हिन्दी कथानक चलचित्र वीरबाट आफ्नो फिल्मी करिअर शुरु गरेकी नवनायिका जरिन खानले अब उनलाई जुनसुकै भाषामा फिल्मी अभिनय गर्न गाह्रो नहुने बताएकी छिन् । 

जरिनले हालसालै प्लस साइज फेशन शो २०१९मा भाग लिएकी थिइन् । यसै क्रममा मिडियासँग कुराकानी गर्दै उनले आफू बलीउड नायिका भए पनि पंजाबी, मराठी, भोजपुरी, बंग्ला भाषामा एक्टीङ्ग गर्न तयार रहेको कुरा खुलासा गरिन् । 

अब उनका दर्शकले उनलाई पंजाबी फिल्म “डाका” मा हेर्न पाउने छन् । पत्रकारले बलिउड नायिका हुँदाहुँदै किन पञ्जाबी फिल्म खेल्न लागेको भन्ने प्रश्न गरे ? उनले भनिन्, ‘हामी कलाकार हौं कलाकारले जुनसुकै भाषामा चलचित्र खेल्न पाउनु पर्छ ।’


 

ताजा खबर