‘टोटल धमाल’ को तीन दिनको कमाइ ६२ करोड

२०७५ फाल्गुण १४ मंगलबार ११:०४:०० मा प्रकाशित


एजेन्सी । एडभेन्चर कमेडी बलिउड फिल्म ‘टोटल धमाल’ लाई दर्शकले मन पराएका छन् ।

खासै गहकिलो विषयवस्तु नभएपनि मनोरञ्जनले भरपुर यस फिल्मले पहिलो तीन दिनमा नै बक्स अफिसमा ६२.४० करोड भारु कमाएको थाहा भएको छ ।

बलिउडका क्रिटिक्स तरण आदर्शले दिएको जानकारी अनुसार फिल्म रिलिज भएको पहिलो दिन अर्थात् शुक्रबार १६.५ करोड, शनिबार २०.४ करोड र आइतबार २५.५ करोड कमाएको छ ।

यो फिल्म ‘धमाल’ नामक फिल्मको तेश्रो भाग हो । यसअघि ‘डबल धमाल’ ले पनि बक्स अफिसमा राम्रै व्यापार गरेको थियो ।

अजय देवगन, अनिल कपूर, माधुरी दिक्षित, ईशा गुप्ता, अरशद वारसी, जाभेद जाफरी लगायतका कलाकार रहेका यस फिल्म ९० करोडमा बनेको बताइएको छ ।

१७ वर्षपछि अनिल कपूर र माधुरी दिक्षितलाई एउटै फिल्ममा ल्याएको यस फिल्मको निर्देशन टिमले फिल्मलाई मनोरञ्जक बनाउन कमेडीको मात्रा बढाएको बताइएको छ ।

भारतमा ३७ सय र विदेशमा ८७० स्क्रीन पाएको यस फिल्मले विदेशमा समेत करिब ९ करोडको आम्दानी गरिसकेको छ । आँकडा अनुसार यस फिल्मले केहि दिनमै सय करोडको कारोबार सजिलै पु¥याउने अनुमान गरिएको छ ।  

 

ताजा खबर