करीनालाई यी तीन नायिकाको ‘नाटक’ हेर्नुछ

२०७५ फाल्गुण १३ सोमबार १३:०४:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा गतिशिल कलाकारिता मार्फत् चम्केकी नायिका करीना कपूर खान आफ्नो खरो भनाइको लागि पनि चिनिन्छीन् ।

विशेषगरी उनि जवाफ दिंदा खासै नहिच्कीचाउने र आफ्नो भनाइमा अडिग रहने नायिका रहेको पनि विश्लेषण गरिन्छ । अहिले करीनाको यस्तै भनाइले बलिउडमा राम्रै चर्चा पाइरहेको छ ।

हालसालै करन जोहरको कफी विथ करन नामक शो मा गएकी करीनाले इमान्दार जवाफ दिंदै धेरैलाई अचम्मीत पारेकी छिन् ।

उक्त शो मा करनले करीनालाई सोध्दै भनेका थिए यदि उनलाई नाटक हेर्न मन लाग्यो भने एउटै कोठामा दुई जनालाई राख्नु पर्दा को राख्नुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ रोचक रह्यो । उक्त प्रश्न आउनसाथ उनले सोधिन्, तीन जना राख्न मिल्छ ?

उक्त प्रश्नपछि उनले तीन जनाको नाम लिंदै भनिन्, कटरीना कैफ, आलीया भट्ट र दीपिका पादुकोण । यी तीनलाई एउटै कोठामा राख्दा राम्रै नाटक मंचन हुने उनले बताएकी छिन् ।

करीनाको यो छनौटलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । कटरीना र दीपिका दुबैजना नायक रणविर कपूरको पूर्व प्रेमिका हुन् भने आलीया चाहिं रणविरको हालको प्रेमीका हुन् । । रणविर र करीना भने नातेदार हुन् ।

कटरीना कैफ अहिले करन जोहरको फिल्म ‘गुडन्यूज’ मा काम गरिरहेकी छिन् । उनिहरुको फिल्म सेप्टेम्बर ६ मा रिलिज हुने बताइएको छ ।

 

ताजा खबर