‘ऐश्वर्या’ लाई प्रदर्शन मितिमा समस्या 

२०७४ असार १ बिहीबार १०:३८:०० मा प्रकाशित

काठमाडौ, १ असार । चलचित्र ‘ब्रासलेट’मा काम गरेपछि नायक रमेश उप्रेतीले निर्माण गरेको चलचित्र ‘ऐश्वर्या’लाई प्रदर्शन मितिमा समस्या परिरहेको छ ।आफै चलचित्र निर्माणमा अगाडि सरेका उप्रती अहिले यहि समस्यामा रुमलिरहेका छन् ।  । उनले निर्माण गरिरहेको चलचित्र ‘ऐश्वर्या’ नामका कारणले नै  चर्चामा रहेको छ ।

यो चलचित्रमा रमेशका साथमा नायिका केकी अधिकारी र मोडल दीपिका प्रसाँइको मुख्य भूमिका छ । चलचित्रको छायांकन सुरु भएको लामै समय भैसकेको छ । वुझिएअनुसार चलचित्र हलसम्म आइपुग्दा डेढ करोड वरिपरीको बजेट सकिनेछ । तर, यो चलचित्र कुन डेटमा रिलिज हुन्छ भन्ने चर्चा भने चलचित्र नगरिमा चलेको लामो समय भैसकेको छ । सुरुमा यो चलचित्र दशैमा रिलिज हुने कुरा थियो ।

तर, पछि फेरि चलचित्रको प्रदर्शन मिति तिहारमा सारियो । अब, तिहारमा ठूला दुई चलचित्र ‘कृ र रुद्रप्रिया’ आउने चर्चा छ । यस्तो अवस्थामा ‘ऐश्वर्या’ले यो मितिमा २ चलचित्रसँग भिडन्त गर्छ या गर्दैन भन्ने मुख्य कुरा हो । यसका निर्माता तथा कलाकार रमेश उप्रेती कात्तिक १ गते चलचित्र रिलिज हुने बताउँछन् । यसरी, हेर्दा ३ चलचित्रले यो मितिबाट टसमस नहुने छनक देखाएका छन् । दिवाकर भट्टराइले यो चलचित्र निर्देशन गरेका हुन् । लभ स्टोरी चलचित्र निर्देशनमा दिवाकर चिनिएका निर्देशक हुन् । 

ताजा खबर