प्रेम र जीवनसँग जोडिएको चलचित्र ‘जानी नजानी’

२०७५ फाल्गुण १३ सोमबार १०:५२:०० मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एउटा अर्को चलचित्र थपिँदै छ । निर्माण टीमका अनुसार यो चलचित्रले प्रेम र व्यवहारिक जीवनको यथार्थलाई मीठोसँग प्रस्तुत गरेको छ । यही चैत्र १ गते रिलिज हुन लागेको आधुनिक प्रेम कथामा आधारित चलचित्र ‘जानी नजानी’ को ट्रेलर गत शुक्रबार नै काठमाडौंमा सार्वजनिक भैसकेको छ ।

लचित्रमा निर्माता, निर्देशक एवं कलाकार सबैजसो नयाँ भए पनि चलचित्रले दिने शन्देश निकै बलियो  भएका कारण नेपाली चलचित्र क्षेत्रमा आउँदै गरेको ‘जानी नजानी’ चलचित्रको उपस्थितिले नेपाली दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने विश्वास दिलाउँछन् चलचित्रका नायक मनिष क्षेष्ठ ।

हुनत सबै चलचित्रका निर्माता, निर्देशक एवं कलाकारहरु आफ्नो उत्पादन अरुभन्दा अब्बल नै भएको बताउँछन् । तर पनि नेपाली चलचित्र क्षेत्रमा नेपाली दर्शकहरुले भरपूर आनन्द लिने गरी फिल्म हेर्न नपाएको गुनासो उत्तिकै छ । चलचित्र ‘जानी नजानी’ मार्फत नेपाली चलचित्रमा पहिलो प्रवेश गरेकी नायिका निरीशा बस्नेत आफ्नो पहिलो भूमीकाको विषय–वस्तु, प्रस्तुति एवं आफ्नो सम्पूर्ण टीमको मेहनत अनुसार अपेक्षित सफलता मिल्ने कुरामा आफू ढुक्क रहेको बताउँछिन् । 

बलिवुड फिल्म इन्डस्ट्रीमा यसअघि नै अभिनय क्षेत्रमा सलंग्न अभिनेत्री निरिशा नेपाली चलचित्र क्षेत्रमा भने नयाँ अनुहार हुन् । विगतमा चलचित्र ‘रानी’ र “तिमी हुन्छौ जहाँ जहाँ” मा जम्न नसकेका नायक मनिष क्षेष्ठ यो जानी नजानी चलचित्रबाट आफ्नो दमदार उपस्थिति देखाउन सक्ने विश्वासमा छन् । 

कोही पनि व्यक्ति हरेक कदममा सफल हुँदैनन्, तर प्रयास गर्दै जाँदा सफलता भेट्न सकिन्छ, जानी नजानी चलचित्र मेरो सफलताको ‘माइल स्टोन’ हो, अभिनेता मनिष बताउँछन् । 

एउटै रुखमा फलेको आँप पनि कोही अमिलो हुन्छ कोही गुलियो हुन्छ, त्यसैगरी हामी कलाकारमा पनि कुनै मुभी सफल हुन्छ, कुनै असफल । असफलताले नै सफलताको बाटो पहिल्याउने हो । अब मेरो सफल हुने पालो हो, उनी विश्वस्त हुँदै बताउँछन् । 

चलचित्रमा नायिका नम्रता श्रेष्ठ नायक शनि सिंह पनि दमदार प्रस्तुतिका साथ उपस्थित भएका छन् । पत्रकार सामीप्यराज तिम्सिनाद्धारा लिखित कथा एवं पटकथामा बनेका जानी नजानी चलचित्र रोशनी केसीको ‘रोशनी इन्टरटेनमेन्ट् प्रा.लि.’ द्धारा प्रस्तुत गरिएको छ । मोदनाथ खनाल एवं सागरकाजी मालि यस चलचित्रका निर्माता रहेका छन् । 
 

ताजा खबर