श्रीदेवीको वार्षिक तिथीमा छोरी जान्हवीको भावुक पोष्ट

२०७५ फाल्गुण १२ आइतबार १२:५५:०० मा प्रकाशित


एजेन्सी । बलिउडमा अति मन पराएकी नायिका श्रीदेवीको गतवर्ष फेब्रअरी २४ कै दिन दुबई स्थित एक होटलमा मृत्यु भएको थियो ।

हालसालै ‘धडक’ नामक फिल्मबाट बलिउडमा डेब्यू गरेकी नायिका तथा श्रीदेवी र बोनी कपूरकी छोरी जान्हवी कपूरले उक्त मौकामा भावुक सन्देश सहित एक तस्विर सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।

उक्त तस्विरमा श्रीदेवीले छोरी जान्हवीको हात समाएकी छिन् । उक्त तस्विरको क्याप्सनमा जान्हवीले लेखेकी छिन्, ‘मेरो मन सधैं गहु्रंगो हुनेछ, तर म सधैं मुस्कुराइरहन्छु । किनभने यसमा (मनमा) तपाईं हुनुहुन्छ । ’

भारतीय संचार माध्यमका अनुसार भावनात्मक रुपमा जान्हवी आफ्नी आमा श्रीदेवीको अति नजिक थिइन् । श्रीदेवीले पनि एक अन्तर्वाताको क्रममा आफ्नी जेठी छोरी जान्हवी आफुसँग नजिक रहेको बताएकी थिइन् ।

श्रीदेवीको मृत्युको समयमा भने छोरी जान्हवी आफ्नी आमाको साथमा थिइनन् । उनी आफ्नो डेब्यू फिल्म ‘धडक’ को शुटिङमा व्यस्त थिइन् भने श्रीदेवी आफन्तको विवाहको लागि दुबई गएकी थिइन् ।

दुबईको होटलमा रहँदा कार्डियाक अरेस्टको कारण उनको तत्कालै मृत्यु भएको थियो । उनको मृत्युको खबरले पुरै भारत नै मर्माहत भएको थियो । आज उनको वार्षिक तिथी भएको कारण सेलिब्रेटीहरुले उनलाई आफ्नो यादहरुको साथ सम्झीरहेको बताइएको छ ।

 

ताजा खबर