प्रधानमन्त्रीले दिए राधिकालाई 'भ्यालेन्टाईन फ्लावर'

२०७५ फाल्गुण ९ बिहीबार २१:१२:०० मा प्रकाशित

काठमाडौं । कृष्ण र राधिकाको जस्तो प्रेम झल्काउँदै बिहीबार ओली दम्पतिले  लालीगुराँस फूल आदान प्रदान गरेर त्यहाँ उपस्थित युवाहरुलाई रोमान्चित तुल्याए ।

उपत्यकाको पश्चिममा रहेको दहचोकस्थित कालु पाण्डेको समाधिस्थलमा सुरु भएको तेस्रो इन्द्रदह पर्यटन महोत्सव उद्घाटन गर्न त्यहाँ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी प्रेमिका अर्थात् जीवनसाथी राधिका शाक्यलाई गुराँसको फूल दिएर रमाईलो गरे।

महोत्सवमा उपस्थित स्थानीय वासिन्दाले प्रधानमन्त्रीलाई स्वागत गर्न दिएका गुराँसको फूल उनले तत्कालै राधिकालाई हस्तान्तरण गरेका थिए ।

वामपन्थी राजनीतिमा युवावयदेखि नै समर्पित ओलीले राधिकासँग अन्तरजातीय प्रेमविवाह गरेका थिए । कस्तै उतारचढावको समयमा पनि यो जोडीले बिचलित नभैकन वैवाहिक प्रेम सम्बन्धलाई निरन्तरता दिएको छ । 

दहचोकमा उपस्थित युवाले प्रधानमन्त्री दम्पतिलाई 'भ्यालेन्टाईन फ्लावर साटासाट गरेको' भनेर जिस्क्याएका थिए । जवाफमा ओली दम्पति हाँसेका थिए ।

ताजा खबर