हल्क होगनको बायोपिक आउँदै, यि हुन् नायक

२०७५ फाल्गुण ९ बिहीबार १५:५२:०० मा प्रकाशित


एजेन्सी । चर्चित रेस्लर हल्क होगनको जिवनीमा आधारित फिल्म (बायोपिक) आउने भएको छ ।

विवाद र सफलताको भुमरिमा रुमल्लीएको होगन अझै पनि सक्रिय नै छन् । उनि विश्व रेस्लीङमा सबैभन्दा मनपराइएका रेस्लर मध्ये एक हुन् ।

उक्त फिल्ममा क्रिश हेम्सवर्थ हल्क होगनको भुमिकामा देखिने भएका छन् । फिल्मको कथा स्कट सिल्भरले लेखेका छन् भने निर्देशनको जिम्मा टोड फिलीप्सको काँधमा रहेको छ ।
होगनले सन् १९७० तिर फ्लोरिडामा रेस्लीङ खेल्न सुरु गरेका हुन् । तत्कालीन डब्लूडब्लूएफमा आएपछि उनि थप चर्चित भएका थिए । उनको रेस्लीङ खेल्ने क्रममा ठुलो शरिर भएका आन्द्रे द जायन्टलाई उचालेर पछार्दै जित हातपारेपछि उनको चर्चा ह्वात्तै चुलिएको थियो ।

आफ्नो समयका अब्बल रेस्लर यिनको सेक्स टेप बाहिरिएपछि करियरमा नराम्रोसँग धक्का लागेको थियो । अन्ततः उक्त घटना सम्बन्धी मुद्दा जितेका उनलाई अझैपनि रेस्लीङ दुनियाले न्यानो स्वागत दिने गरेको छ ।

बायोपिकमा उनको खराब वर्ष भन्दा उनि कसरी हल्क होगन बन्न सफल भए भन्ने कुरालाई देखाइने बताइएको छ । वास्तविक नाम टेरी जिन बोल्लीया रहेका उनको उक्त चलचित्रलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेको बताइएको छ ।
 

 

ताजा खबर