दुई विवाह गरिसकेकी श्वेता तिवारीको 'नयाँ लुक्स' चर्चित

२०७५ फाल्गुण ९ बिहीबार १५:२०:०० मा प्रकाशित


एजेन्सी । भारतीय टिभी सिरियलमा काम गरेर ख्याती कमाएकी नायिका श्वेता तिवारीले हालसालै इन्स्टाग्राममा नयाँ तस्विर हालेसँगै उनको चर्चा ह्वात्तै चुलिएको छ ।

सेतो रंगको टि–सर्ट र डेनिम जिन्स लगाएकी श्वेताले छोटो कपाल पालेको उक्त तस्विरमा देखिएको छ । मुस्कानसाथको उक्त फोटोमा उनका समर्थकहरुले राम्रा प्रतिक्रियाहरु दिइरहेका छन् ।

३८ वर्षकी यि सिरियल नायिका आफ्नो नृत्य कला, एक्टीङको कला र सुन्दरताको कारण भारतमा निक्कै चर्चित रहेकी छिन् ।

कसौटी जिन्दगीकी नामक सिरियलमा लामो समय काम गरेर ख्याती कमाएकि यि नायिकाले बिग बोसको चौथो सिजनको उपाधि पनि जितेकी थिइन् । डान्स रियालिटी शो तथा कमेडी सर्कस नामक कार्यक्रममा पनि उत्कृष्ट प्रदर्शन गरेकी श्वेताले विभिन्न चलचित्रमा पनि काम गरिसकेकी छिन् ।

पहिलो विवाह राजा चौधरीसँग गरेकी यि नायिकाको एक छोरी पनि छ । लामो समय विवाह नटिकेपछि सम्बन्ध बिच्छेद गरेकी श्वेता हाल अभिनव कोहलीसँग विवाहित छिन् ।

अभिनव र श्वेताको एक छोरा पनि रहेको छ । सन् २०१३ मा उनिसँग विवाह गरेकी श्वेताले हालसालै छोरालाई जन्म दिएकी हुन् ।

 

 

ताजा खबर