पिंक गाउनमा सजिएकी साराले जितिन ‘फ्रेस फेस अफ द इयर’

२०७५ फाल्गुण ९ बिहीबार १५:०६:०० मा प्रकाशित


एजेन्सी । बलिउडको सुरुवाती दुई फिल्म नै हिट भएकी नायिका सारा अलि खानलाई ‘डेब्यू’ गरेको धेरै नहुँदै अवार्ड प्राप्त भएको छ ।

बुधबार भएको फेमिना ब्यूटी अवार्डस मा सैफ अली खानकी जेठी सुपुत्री सारालाई  अवार्डले सम्मानित गरिएको थियो ।

साराले यो वर्ष काम गरेको दुई चलचित्र केदारनाथ र सिंबा दुबैले राम्रो व्यापार गरेको थियो । औसत बजेटको फिल्म भएपनि साराको कामलाई दर्शकले मन पराएपछि अर्की नयाँ बलिउड नायिका जान्हवी कपूरलाई पछि पार्दै सारालाई यस अवार्डको लागि चुनिएको बताइएको छ ।

जान्हवीको डेब्यू फिल्म धडकले पनि राम्रै छाप छोडेको थियो । तथापी साराको काम र उनको व्यक्तित्वको उचाइले यस अवार्डमा उनलाई निक्कै अघि ल्याएको बताइएको छ ।

उक्त अवार्ड शो मा पिंक गाउनमा क्लीभेज देखिंदा उनलाई अति नै सुन्दर देखिएको थियो । पछिल्लो समय बलिउडमा ब्यूटी विथ ब्रेनको उपमा पाएकी साराको औपचारिक कार्यक्रममा देखिने व्यक्तित्वले उनले बलिउडमा राम्रै छाप छोड्न सक्ने विश्लेषण गरिएको छ ।

 

ताजा खबर