‘लाटीको छोरो’ सँगै रंगमंचमा फर्किँदै टिका पहारी

२०७४ श्रावण २८ शनिबार १५:४३:०० मा प्रकाशित

काठमाडौं, २८ साउन । चार दशकपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चमा फर्किने भएका छन् । नेपाली नाटकमा ४१ वर्ष पहिले अभिनय गरेका उनले भारतको रङ्गमञ्चमा भने ३६ वर्ष अघिसम्म पनि सक्रियता जनाएका थिए । सुलक्षण भारतीको निर्देशन रहने नाटक ‘लाटीको छोरो’ मार्फत उनी फेरि रंगमञ्चमा फर्कन लागेका हुन् ।
‘लाटीको छोरो’ श्याम शाहको कथा संग्रह ‘अब्बा’ बाट लिइएको कथा हो । कथालाई निर्देशक भारतीले नाट्य परिकल्पना गरेका छन् । डोम समुदायको वस्तीकी एउटी लाटीको वरिपरी नाटकको कथा घुमेको छ ।

 नाटकमा केनिपा सिंहले मानसिक सन्तुलन गुमाएकी बोल्न नसक्ने महिला अर्थात् लाटीको भूमिका गर्दैछिन् भने अभिनेता टिका पहारीले गाउँका नेता विषनाथको भूमिका निर्वाह गर्दैछन् ।

नाटक भदौ २० गतेदेखि असोज ८ गतेसम्म मण्डलामा नाटक मञ्चन हुँदैछ । कलाकार सन्दिप पौडेल, कुन्दन थारु, कुसल पाण्डे, रोसन सुवेदी, प्रकाश दाहाल, राजन काफ्ले, पशुपति राई, सुदिप खतिवडा, आयन खड्का, मिलन कार्की, मेलिन पराजुली लगायतका कलाकाहरुको नाटकमा अभिनय रहनेछ ।  
 
 

ताजा खबर