आजदेखि कक्षा ११ को परीक्षा 

२०७४ असार १ बिहीबार १०:३१:०० मा प्रकाशित

काठमाडौं, १ असार । स्थानीय तह निर्वाचनका कारण प्रभावित बनेको कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ । तोकिएका देशभरका ९ सय ९३ केन्द्रमा परीक्षा भएको छ । परीक्षाको पहिलो दिन आज अग्रेजी बिषयको परिक्षा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी छन् । नियमिततर्फ ३ लाख ४ हजार ६० र आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी सहभागी बनेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परीक्षामा २ लाख ११ हजार ६ सय १ छात्र र  २ लाख ३७ हजार ३ सय ७३ छात्रा सहभागी छन् ।बोर्डले परीक्षा मर्यादित बनाउन सबैसँग आग्रह गरेको छ ।

ताजा खबर