यौन दुव्र्यवहार गर्ने त्रिविका सहायक डिन निलम्बित

२०७५ फाल्गुण ८ बुधबार २१:५५:०० मा प्रकाशित

काठमाडौं । केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ । 

बुधबार बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले राससलाई जानकारी दिए । 

उनका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुव्र्यहार गरेको आरोप प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो । 

ताजा खबर