कमेडियन भारती सिंहलाई दमको ‘अट्याक’

२०७५ फाल्गुण ८ बुधबार १२:०२:०० मा प्रकाशित


एजेन्सी । कलर्स टेलिभिजनमा चलिरहेको रियालिटी शो ‘खतरो के खिलाडी’ मा स्टन्ट गर्दा कमेडियन सिंहलाई दमको अट्याक आएको छ ।

उक्त कार्यक्रममा पानीमा स्टन्ट गर्दा कमेडियन भारती सिंह र ज्यास्मीन भासिनलाई समस्या परेर तत्कालै चिकित्सकको सहायता लिनु परेको छ ।

उक्त शो मा रोहित शेट्टीले गर्न लगाउने स्टन्ट सबैभन्दा खतरनाक हुने गरेको बताइएको छ । भारती पानीमा पस्नासाथ छट्पटिन थालेपछि तत्कालै उनलाई बाहिर ल्याएपनि उनलाई अति गाह्रो भएपनि ‘इन्हेलर’ दिइएको थियो ।

स्थिती सामान्य नभएपछि उनलाई अक्सिजन माक्स नै लगाउनु परेको थियो । उनलाई गाह्रो भएर निरन्तर आँशु झरिरहेको थियो । हाल उनको अवस्था सामान्य रहेको बताइएको छ ।  

 

ताजा खबर