प्रियंका चोपडा गर्भवति रहेको हल्ला निराधार–मधु चोपडा

२०७५ फाल्गुण ७ मंगलबार १३:११:०० मा प्रकाशित


एजेन्सी । बलिउड नायिका प्रियंका चोपडा गर्भवति रहेको हल्ला निराधार रहेको उनकी आमा मधु चोपडाले बताएकी छिन् ।

दुई महिना अगाडि भव्यताका साथ बिहे गरेकी बलिउड नायिका प्रियंका चोपडा गर्भवति रहेको खबर बाहिरिएको थियो । प्रियंकाले उक्त अवसरमा मिनी स्कर्ट र माथी ब्लेजर लगाएकी थिइन् । उक्त पहिरनमा प्रियंकाको ‘बेबी बम्प’ देखिएको थियो ।

मिडियामा प्रियंका गर्भवति रहेको खबर आएपछि उनकी आमा मधुले मौनता तौड्दै उक्त तस्विर लिने कोण खराब भएकाले त्यस्तो देखिएको मात्र भनेकी छिन् ।

हालसालै न्यूयोर्क फेसन विकमा जाँदा उनले लगाएको पहिरनमा उनको पेट ठुलो देखेपछि उनि गर्भवति रहेको दाबी भारतीय मिडियाहरुले गरिरहेका थिए ।

उक्त खबर फैलिएपछि आफुले छोरी प्रियंकालाई फोन गरेर के हो कुरा ? भनेर सोधको बताएकी छिन् । जवाफमा प्रियंकाले त्यस्तो केहि नभएको बताएको उनको आमा मधुले खुलासा गरेकी छिन् ।

उमेरमा आफु भन्दा निकै कान्छा निक जोनससँग विवाह गरेकी प्रियंकाको ३ महिनाको गर्भ रहेको बताइएको थियो । प्रियंकाको तर्फबाट यो खबरको पुष्टी भने भएको थिएन ।

व्यस्त रहेकी प्रियंका अहिले बलिउडमा द स्काई इज पिंक फिल्म पुरा गर्न भारत फर्किने तालिका रहेको छ भने हालै उनको हलिउड फिल्म इजन्ट इट रोमान्टिक गत फेब्रुअरी १३ मा रिलिज भएको थियो ।

 

ताजा खबर