रजनीकान्तले २०१९ को लोकसभा चुनाव नलड्ने

२०७५ फाल्गुण ५ आइतबार १२:४५:०० मा प्रकाशित


एजेन्सी । भारतीय सुपरस्टार रजनीकान्तले सन् २०१९ को लोकसभा चुनाव नलड्ने घोषणा गरेका छन् ।

उक्त घोषणासँगै उनले चुनावको क्रममा प्रचार गर्न उनको तस्विर वा उनको पार्टीको नाम प्रयोग नगर्न पनि आग्रह गरेका छन् ।

पछिल्लो वर्षको अन्त्यमा रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका थिए । घोषणा गरेपनि उनले राजनीतिक पार्टी बनाउन भने बाँकि नै रहेको छ । उनले आफ्नो फ्यान क्लबलाई रजनी मक्कल मन्द्रम बनाइसकेका छन् ।

मन्द्रम एउटा संगठन हो, अन्य समयमा यो कार्यकर्तालाई एक साथै राख्ने र चुनावको बेला यसलाई पार्टीमा परिणत गर्न सकिने संगठन हो । उनले राजनीतिमा आउने कुरालाई भने टारेका छैनन् । सन् २०१९ को लोकसभा चुनावको लागि भने उनको संगठन तयार नभएको बताइएको छ ।

हाल रजनीकान्त आफ्नो नयाँ फिल्मको शुटिङको तयारीमा लागेका छन् । उनको फिल्म एआर मुरुगादौसले निर्देशन गर्दैछन् ।

 

ताजा खबर