प्रियंका चोपडा गर्भवति रहेको खुलासा

२०७५ फाल्गुण ५ आइतबार १२:३४:०० मा प्रकाशित


एजेन्सी । दुई महिना अगाडि भव्यताका साथ बिहे गरेकी बलिउड नायिका प्रियंका चोपडा गर्भवति रहेको खबर बाहिरिएको छ ।

उमेरमा आफु भन्दा निकै कान्छा निक जोनससँग विवाह गरेकी प्रियंकाको ३ महिनाको गर्भ रहेको बताइएको छ । प्रियंकाको तर्फबाट यो खबरको पुष्टी भने भएको छैन ।
हालसालै न्यूयोर्क फेसन विकमा जाँदा उनले लगाएको पहिरनबाट पनि उनि गर्भवति रहेको हुनुपर्ने दाबी भारतीय मिडियाहरुले गरिरहेका छन् ।

प्रियंकाले उक्त अवसरमा मिनी स्कर्ट र माथी ब्लेजर लगाएकी थिन् । उक्त पहिरनमा प्रियंकाको ‘बेबी बम्प’ देखिएको थियो ।

नायिका प्रियंकाले हालसालै दिएको एक अन्तर्वातामा सन्तान प्राप्तीको विषयमा भनेकी थिइन् , ‘हामी दुबैलाई सन्तान प्राप्ती अवश्य हुनुपर्छ, तर अहिले मैले यस विषयमा धेरै सोचेकी छैन । हाम्रो सन्तान प्राप्ती पनि हामी प्रक्रियागत तथा प्राकृतिक रुपमै हुनेछ ।’

पिंकभिलले प्रियंकाको एक मित्रको भनाइ उद्दृत गर्दै भनेको छ, ‘यदि उनि सन् २०१८ मा स्वप्नील तरिकाले विवाह गर्न सक्छिन् भने सन् २०१९ मा आमा बन्नको लागि उनि पक्कै उत्सुक छिन् ।’

नायिका प्रियंकाको तेश्रो महिना चलिरहेको र उनिहरु दुबै (निक र प्रियंका) यो विषयलाई अहिले गोप्य राख्न खोजिरहेको बताईको छ ।

व्यस्त रहेकी प्रियंका अहिले बलिउडमा द स्काई इज पिंक फिल्म पुरा गर्न भारत फर्किने तालिका रहेको छ भने हालै उनको हलिउड फिल्म इजन्ट इट रोमान्टिक गत फेब्रुअरी १३ मा रिलिज भएको छ ।

 

ताजा खबर