आमा–बाबुको सम्बन्धबारे सारा अलि खानले बोलिन्

२०७५ फाल्गुण ३ शुक्रबार १२:४८:०० मा प्रकाशित


एजेन्सी । पछिल्लो समय बलिउडमा ह्वात्तै चर्चा कमाएकी नायिका सारा अलि खानले आफ्नो आमा र बुवाको सम्बन्धबारे सार्वजनिक रुपमा बोलेकी छिन् ।  

नायक सैफ अलि खान र नायिका अमृता सिंहकी जेठी छोरी साराले हालसालै एक कार्यक्रममा बोल्दै आफ्ना आमा र बुवा छुट्टीएपछि उनिहरु खुशी रहेको आफुले भोगेको बताइन् ।

हालसालै फिल्मफेयरसँगको अन्तर्वार्तामा साराले भनिन् , ‘मानिसहरु खुशी हुन नसकेपछि त्यस्तो घरमा बस्नु हुँदैन । ती दुबै (अमृता र सैफ) एकदम खुशी, मनमौजी र रमाइला मानिस हुन्, तर व्यक्तिगत रुपमा । साथमा रहँदा उनिहरु खुशी थिएनन् । उनिहरुले यो कुरा अनुभव गरेजस्तो लाग्छ । भाग्यवश, अहिले मसँग एउटा होइन दुईवटा खुशी घर छ ।’

यसअघि करन जोहरको शो मा पनि उनले आफ्नो आमा–बुवा एक्लै रहँदा बढि खुशी भएको बताएकी थिइन् ।

पछिल्लो समय केदारनाथ र सिम्बा जस्तो सफल फिल्ममा काम गरेर हिट भएकी सारा अब केहिसमयमै वरुण धवनसँग कुली नम्बर १ नामक फिल्ममा देखिइदैछिन् ।

 

ताजा खबर