सलमान खानको फिल्मको लागि १० करोडको सेट निर्माण

२०७५ फाल्गुण ३ शुक्रबार ११:३८:०० मा प्रकाशित


एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र नायिका केटरीना कैफ फिल्म ‘भारत’ मा देखिइदैछन् ।

बाहिरिएको खबर अनुसार यो फिल्म सलमान खानको करियरकै सबैभन्दा ठुलो फिल्म बन्न सक्छ । यहि फिल्मको लागि अहिले नै १० करोड भारु खर्चिएर सेट तयार गरिएको बताइएको छ ।

सलमानको यो फिल्मको निर्देशक अली अब्बास जफर रहेका छन् । फिल्ममा सलमान र केटरीना बाहेक दिशा पटानीको पनि मुख्य भुमिका रहनेछ ।

‘भारत’ कोरियन फिल्म ‘ओड टु माइ फादर’ को हिन्दी रिमेक हो । यसमा सलमान पाँच फरक अवतार देखाइने दाबी गरिएको छ ।

यस फिल्मको क्लाइमेक्सको सिनको लागि मुम्बई स्थित फिल्म सिटीमा १० करोड भारुको खर्चमा दिल्ली शहर बनाइएको छ ।

क्लाइमेक्सको लागि मात्र यतिको खर्च गरेको फिल्मले पुरै फिल्म निमार्ण गर्ने क्रममा पैसाको खोला बगाउने निश्चीत नै छ । ओरिजिनल फिल्म अत्यन्तै सफल भएकोले यो फिल्मले पनि भारतीय बजारमा ठुलो कारोबार गर्न सक्ने दाबी निमार्ण टोलीले गरिराखेका छन् ।  

 

ताजा खबर