दीपिका पादुकोणको नयाँ फिल्म ‘छपाक’ आउँदै

२०७५ फाल्गुण २ बिहीबार ११:४५:०० मा प्रकाशित


एजेन्सी । बलिउड नायक तथा प्रेमी रणविर सिंहसँग भव्य रुपमा बिहे गरेर खुशी व्यक्त गरेकी नायिका दीपिका पादुकोण लामो समयपछि नयाँ फिल्ममा देखिने भएकी छिन् ।
उनी ‘छपाक’ नामक फिल्ममा देखिने बताइएको छ । यसको लागि उनले कडा मेहनत गरिरहेको दाबी गरिएको छ ।

मेघना गुल्जारले बनाउने यो फिल्म एसिड आक्रमणकी पिडित महिला लक्ष्मी अग्रवालको कथामा आधारित रहेको छ । भारतीय मिडियामा कुरा गर्दै दीपिकाले भनिन्, ‘मैले फिल्मको बारेमा अहिले धेरै बताउन सक्दिन । तर हामीले फिल्मको तयारी शुरु गरिसक्यौं । आगामी महिनामा फिल्मको शुटिङ शुरु हुनेछ । ’

दीपिका यसअघि संजय लिला भन्सालीको फिल्म पद्मावतमा देखिएकी थिइन् । उनको उक्त फिल्मले बलिउडमा तहल्का नै मच्चाएको थियो ।

पछिल्लो समय लगातार हिट फिल्म दिइरहेकी दीपिकाको यो फिल्म पनि निर्माणको चरणदेखि नै व्यापक चर्चा पाइरहेको छ ।

 

ताजा खबर