वर्षा राउतको विवाह ‘भेलेन्टाइनका डे’ को दिन, हिजो भयो ‘इन्गेजमेन्ट’

२०७५ माघ २९ मंगलबार १२:०९:०० मा प्रकाशित


काठमाडौं, २९ माघ । चर्चित नेपाली नायिका वर्षा राउतको इन्गेजमेन्ट भएको छ । सोमबार उनि र उनको प्रेमी सन्जोग कोइरालाको परिवारका सदस्यहरुबिच औंठी साटासाट भएको हो ।

पछिल्लो ७ वर्षदेखि यि दुई जोडी प्रेममा रहेको सार्वजनिक भइसकेको छ । नायिका वर्षाले फिल्म ‘नाई नभन्नु ल–३’ बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी हुन् भने सन्जोगले ‘उत्सव’ नामक चलचित्रबाट यस क्षेत्रमा प्रवेश गरेका हुन् । सन्जोग व्यवसायी हुन् ।

यि दुई जोडीको विवाहको मिति भेलेन्टाइन डे को लागि पक्का भएको यसअघि नै बताइसकेका छन् । स्थान भने अहिले सम्म खुलाइएको छैन । सोमबार राजधानीको एउटा पार्टी प्यालेसमा भएको इन्जेगमेन्टको फोटो नायिका वर्षाको फेसबुकबाट सोमबार मध्यरातमा सार्वजनिक गरिएको थियो ।

नायिका वर्षा पछिल्लो समय नेपाली चलचित्रमा व्यस्त रहेकी थिइन् ।
 

 

ताजा खबर