मी टू अभियान माथी बोले अजय देवगन

२०७५ माघ २८ सोमबार १२:३८:०० मा प्रकाशित

एजेन्सी । बलिउडको राम्रा फिल्महरुमा काम गर्दै प्रख्यात भएका नायक अजय देवगनले मी टू ले बनाएको माहोल प्रति आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

बलिउडका चर्चित हस्तीहरुलाई मी टू को आरोपको विषयमा कानून अनुसार काम हुन दिनुपर्ने उनले बताएका छन् । बलिउडमा स्थापित भइसकेका राजकुमार हिरानी, सुभाष घई, साजिद खान, विकास बहल, रजत कपूर, आलोकनाथ, गायक कैलाश खेर, संगीतकार अनु मलिक लगायतलाई महिलाहरु यौन उत्पीडनको आरोप लागेको छ ।

यस्ता नामहरु मी टू मा मुछिएकोमा आफु स्तब्ध रहेको अजयले भनेका छन् । मी टू प्रति आफ्नो धारणा राख्दै उनले भने , ‘केहि कुराहरु बाहिर आएका छन् र केहि मान्छे यस्तै हुन् ,तर सबै उस्तै छन् भन्न सकिंदैन । ’ उनले थपे, ‘केहि नामहरु आएकोमा म स्तब्ध छु । तर उनिहरु दोषी वा निर्दोष साबित नभएसम्म म आफ्नो धारणा बनाउन सक्दिन । ’

अजयले मी टू अभियानलाई यसअघि नै साथ दिइसकेका छन् । उनका अनुसार बलिउडमा अब शक्तिको खेल बलिउडमा अब नचल्ने भइसक्यो ।

 

ताजा खबर