पहिले मन नपराएपनि बलिउडमा चलेको जोडी

२०७५ माघ २८ सोमबार ११:३१:०० मा प्रकाशित

एजेन्सी । चर्चित बलिउड जोडी अजय देवगण र काजोलको बिहेको लामोसमयपछि उनिहरु प्रेममा छँदाको बेलाका कुरा हालै बाहिरिएको छ ।

हालै सार्वजनिक भएको खबरअनुसार अजयले सुरुवातमा काजोललाई विल्कुलै मन पराउँदैनथे । यस्तो एक दिन घटेको रोचक घटनाले यी दुई नजिक हुँदै अन्ततः प्रेमविवाह नै गरे । सो सम्बन्ध अहिले पनि एकदम बलियो छ । काजोल हरेक पल श्रीमानको लागि बाँच्छिन् भने अजय पनि आफ्नी श्रीमतिका लागि लागि कुनै मौका छाड्दिनन् । एक समय काजोल आफ्नो फिल्मी करिअरको उचाइमा थिइन् ।

काजोलको प्रेमकहानी कुनै फिल्मको कहानीभन्दा कम छैन । अचानक अजयसँग प्रेम भयो र विवाह पनि गरिहाले ।

 पायनियरलाई दिएको अन्तर्वार्तामा अजयले भनेका छन्, ‘हलचलको सुटिङको समयमा काजोलसँग कुराकानी भयो र इमानदार भएर भन्नुपर्दा त्यो समय काजोल घमण्डी थिइन् । हाम्रो स्वभाव एकदम अलग थियो । सायद हामीलाई यही फरकपनले एक–अर्काको नजिक गरायो ।’

फिल्मको सुटिङका समयमा अजय देवगण र काजोलबीच मित्रता बढ्यो । त्यतिवेला अजय करिश्मा कपुरसँग प्रेममा थिए भने काजोल कार्तिक मेहतासँग प्रेममा थिइन् । भनिन्छ, काजोल र कार्तिकको सम्बन्ध ठीक तरिकाले चलिरहेको थिएन । जसका कारण उनी अजयको नजिक आइन् । काजोलको प्रवेशपछि अजय र करिश्माको प्रेमसम्बन्ध समाप्त भयो । सन् १९९९ मा यी दुईले विवाह गरे । अहिले काजोल र अजयको जोडी बलिउडमा आदर्श जोडीका रूपमा चिनिन्छ । उनीहरूका एक छोरी न्यासा र छोरो युग पनि छन् । 

ताजा खबर