यस्तो रहेछ दबङ ३ बाट मलाइका आउट हुनुको कारण

२०७५ माघ २७ आइतबार ०९:०९:०० मा प्रकाशित

मुम्बई,माघ । बलिउडका चर्चित सुपरस्टार सलमान खानले बलिउड उद्योगमा धेरै नायिकालाई प्रवेश गराएका छन् । स्नेहा उलाल,ज्याकि फर्नान्डिज,सन्नी लियोनी पछिल्ला केही उदाहरण मात्र हुन् । उनले नवनायिकालाई प्रवेश मात्र गराएका छैनन् बलिउड उद्योगमा चर्चित र स्थापित समेत गराएका छन् ।

बलिउडमा सलमान खानका बारेमा एउटा कथन पनि छ, उनी कसैको पनि करिअर बनाइदिन सक्छन् र जोसुकैको पनि बिगार्न सक्छन् । भारतीय सञ्चारमाध्यमले हालै खबर सार्वजनिक गरेका छन् कि सलमानले ‘दबङ ३’ बाट आइटम गीत गर्नका लागि मलाइका अरोडाको नाम आउट गरिदिएका छन् । 

मलाइकाले ‘दबङ’ मा गरेको ‘मुन्नी बदनाम हुई’ आइटम सुपरहिट भएको थियो । केही समय पहिले भारतीय चलचित्र उद्योगमा खबर आएको थियो कि ‘दबङ ३’ मा पनि दर्शकले मलाइकाको आइटम डान्स हेर्न पाउनेछन् । तर,अब दर्शकले मलाईकाको आइटम डान्स‘दबङ ३’ मा हेर्न नपाउने भएका छन् ।

किनकी भारतीय मिडियाका अनुसार अरबाज खानसँग सम्बन्धविच्छेद गरेपछि दबङ टिमले मलाईकालाई आउट गरिदिएका छन् । यो काम सलमानकै निर्देशनमा भएको अनुमान मिडियाले गरेका छन् । सलमानले पहिलेदेखि नै आफ्नी बुहारी मलाइका र अर्जुन कपुरको सम्बन्धलाई रुचाएका थिएनन् । अहिले भने यस काण्डमाथि मलाइकाको बयान बाहिर आएको छ ।

मलाइकाले एक सार्वजनिक कार्यक्रममा भनेकी छिन्‘ मलाई लाग्दैन कि आइटम गीतले कुनै पनि ढंगको ट्याग वा लेभल लगाउँछ । मैले धेरै आइटम गीत दिएको छु, तर मलाई लाग्दैन कि मलाई लिएर कुनै पनि धारणा बनेको छ । मैले सधैँ उही काम गरेँ, जुन म चाहन्थेँ ।’
मलाईकाले जे भने पनि उनी एउटा राम्रो अवसरबाट भने बञ्चित भएको निश्चित हो ।

ताजा खबर