अर्को लोकगीत पनि किर्तिमानको बाटोमा, भाइरल हुँदै सुमन ढकालको ‘के यस्तो हुन लेखेको’

२०७५ माघ २७ आइतबार ०८:०१:०० मा प्रकाशित

काठमाडौ,२६ माघ । नेपाली लोकगीतको क्षेत्रमा फेरी अर्को एउटा नयाँ गितले किर्तिमानी बाटो तिर लम्किएको छ । युटुव च्यानलमा राखिएको छोटो अवधिमै अत्यधिक धेरै हेरिएको गितको सूचीमा पर्न लागेको हो नयाँ लोकगीत ‘के यस्तो हुन लेखेको’ ।

पछिल्लो समय किर्तिमान कायम गरेको ‘सालको पात टपरी हुने’ बोलको गीतको चर्चा सेलाउन नपाउदै उनै चर्चित गायिका विष्णु माझीको स्वरमा आएको हो–‘के यस्तो हुन लेखेको’। माझीलाई स्वरमा साथ दिएका छन् अर्का चर्चित गायक मोहन खड्काले । 

विल्कुलै नयाँ विषयबस्तुमा आधारित यस गीतमा मोडल विमल अधिकारी, साया भण्डारी, सुमन ढकाललगायतले अत्यन्त मार्मिक र जिवन्त अभियान गरेका छन् । कलाकारहरुको अभिनयले दर्शकहरु गितमा हराउने र आफैलाई विर्सने गरेको धेरै दर्शकले प्रतिक्रिया दिएका छन् ।

भारतीय सेनामा कार्यरत पाल्पा रामपुरका स्थायीबासिन्दा सुमन ढकालले भावना म्युजिक सोलुशन मार्फत यो गित बजारमा ल्याएका हुन् । मोडल बिमल अधिकारीको शब्द रचना रहेको उक्त गीतलाई अधिकारीको यसअघिको चर्चित गित ‘सुन सवैले सुन’ को भाग दुईको रुपमा प्रस्तुत गरिएको छ ।

ताजा खबर