मेडिसिटी अस्पतालको लापरवाहीको एक उदाहरण

२०७५ माघ २६ शनिबार २०:०६:०० मा प्रकाशित

 काठमाडौं । नेकपाका युवा नेता तथा पत्रकार सुर्य थापाको फेसबुक टिप्पणीले प्रष्ट हुन्छ पुराना नेता भरतमोहन अधिकारीको स्वास्थ्य उपचारमा सरकार र अस्पताल कति गम्भीर छन् भन्ने । खासगरी अस्पतालको लापरवाहीबारे अस्पताल प्रशासन र सरकारको सम्बन्धित निकाय किन मौन छन् भन्ने प्र्रश्न पनि उठेको छ । 

नेता अधिकारीको स्वास्थ्य अवस्थाबारे पत्रकार थापाले लेखेका टिप्पणी जस्ताको तस्तै:

@ ह्याम्स अस्पताल । भरतमोहन अधिकारी यस अस्पतालमा सारिनुभएकाे छ । सानेपाबाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना हुनुभयाे । केही दिनपछि डिस्चार्ज गरिनुभयाे । पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियाे र मेडिसिटीमै भर्ना हुनुभयाे । एक महिना उपचार गर्दा समेत २० काे १९ नभएपछि उहाँलाई हिजाेदेखि ह्याम्स अस्पतालमा सारिएकाे हाे ।

डा. भगवान काेइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत देशले भराेसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूकाे उपचारले उहाँ शीघ्र निकाे भएर घर फर्किनुहुने विश्वास छ ।

तर वितेकाे १ महिनाकाे अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँकाे उपचारमा घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे अनुभूति जाेकाेहीलाई भएकाे छ । फाेक्साेमा जमेकाे कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएकाे हाेला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।

८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीकाे उपचारबारे अावधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालकाे कस्ताे जवाफदेहीपन हाेला ? बुझ्न गा-हाे प-याे ।

खासमा याे अस्पताल कसकाे हाे ? भरतमोहन अधिकारीकाे त याे हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भाेगिरहनु परेकाे हाेला ?
शीघ्र स्वास्थ्यलाभकाे कामना ।

ताजा खबर