प्रियंका कसरी बनिन् ट्रोलको सिकार ?

२०७५ माघ २६ शनिबार १०:११:०० मा प्रकाशित

मुम्बई,२६ माघ । बलिउडकी चर्चित नायिका प्रियंका चोपडा ट्रोलको सिकार बनेकी छन् । प्रियंका चोपडा र उनका पति निक जोन्सले केही दिन पहिले न्युयोर्कमा आफ्नो विवाहको रिसेप्सन पार्टी दिएका थिए ।

सो समारोहका फोटाहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । हालै पनि प्रियंकाले आफ्नो हट फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

तस्बिरमा प्रियंका निकको छातीमा टाउको राखेर ढल्केकी छिन् । उनले क्याप्सन लेखेकी छिन्,‘होम’ । तर, त्यो फोटोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको ट्रोल बनाएका छन् ।

अधिकांश प्रयोगकर्ता हैरान भए किनकी आखिर सेलेब्रिटीको यस्तो तस्बिर कसले लिन्छ ? उक्त सिन बारे एक प्रयोगकर्ताले लेखेका छन्,‘बेडरुममा फोटोग्राफरलाई लुकाएर राखेका छौ कि क्या हो ?’

त्यस्तै,अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्‘सायद यो तस्बिर प्रियंकाको आमाले खिचेको हुनुपर्छ ।’ 

ताजा खबर