झरी र वर्षाका बीच ‘मन मगन’ आज भक्तपुरमा गुन्जिदै..

२०७५ माघ २६ शनिबार ०९:२९:०० मा प्रकाशित

काठमाडौ,२६ माघ । भक्तपुरमा आज लोकप्रिय गायक दीपक बज्राचार्य बृहत् एकल गायन कार्यक्रममा प्रस्तुत हुँदैछ ।

रस लाइट मेडियाले ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर–२०७५’ शीर्षकको एकल गायन कार्यक्रम आयोजित गर्न लागेको हो ।


‘कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा संगीत’ नाराका साथ मध्यान्ह १२ः३० बजे भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा यो प्रस्तुत हुन गईरहेको छ ।

प्रस्तुतिमा चर्चित गायक दीपक बज्राचार्यलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ ।

आयोजकले दिएको जानकारी अनुसार कार्यक्रममा बाल गायिका समीक्षा अधिकारी पनि विशेष आकर्षणका रूपमा रहने छिन् भने फेसन शो कार्यक्रमको अर्को आकर्षण हुनेछ ।

ताजा खबर