१७ अर्ब रोक्ने अभियान

२०७५ माघ २५ शुक्रबार १२:१७:०० मा प्रकाशित

नेपालले भारतबाट १७ अर्बको मासु आयत गर्छ । १६ अर्बको पशुदाना । पशुलाई चाहिने औषधि, भिटामिन मिनरलको लागि भारतमै भर पर्नुपर्छ । यो आँकडा नै काफि थियो । काठमाडांैमा जन्मे हुर्केका वीरभद्र आचार्यलाई । अरु व्यवसाय भन्दा मासुको प्रशस्त सम्भावना भएको निष्कर्ससहित उनी नवलपरासी पुगे ।

७ वर्षदेखि अस्ट्रेलियामै बसोबास गर्दै आएका सन्तोष धिताल, डेनमार्कमा अध्ययन सकेर उतै बसोबास गरिरहेका अशोक शर्मा पौडेल नेपाल आएका थिए । उनैसँग भेट भयो बीरभद्रको । देशमा बसेर केही गरौँ भन्ने भावना थियो ती युवाहरुको । वीरभद्रको योजनामा उनीहरु सहमत भए । र सुरु भयो बाख्रा पालन ।

सुरुमा स्थानीय जातका बाख्रा पाले । उनीहरुको अनुभव रह्यो यी बाख्राबाट फाइदा लिन सकिँदैन । तुरुन्त दक्षिण अफ्रिकी बोयर जातको बाख्रा पाल्ने निर्णय गरेर अस्ट्रेलियाबाट बोयर जातको बाख्रा ल्याएर पाल्न सुरु गरे । अत्याधुनिक खोर सहित प्रशस्त घाँसको व्यवस्था गरेर बगैंचा बाख्रा स्रोत केन्द्र दिएको उनीहरुको फार्म नवलपरासी गैंडाकोट १३ मा फैलिँदै छ ।

हजार बाख्रा पाल्ने योजनका साथ अगाडि बढेका उनीहरु अहिले नयाँ खोर निर्माणमा जुटेका छन् । बाख्रा पालन गरेर देशबाट बाहिर गएको रकम रोक्नु पर्छ भन्ने एक मात्र उद्देश्य उनीहरुको हो । दिनहुुँ २ हजारको दरले विदेशी भूमीमा हवाइजहाज चढेर रोजगारीका लागि गएका युवाहरुको भरपर्दो स्रोत यहि बाख्रापालन हुनसक्छ, उनीहरुको दावी छ । विस्तृत जानकारीको लागि यो लिंकमा क्लिक गर्नुुहोस्

 

 

 

 

 

 

ताजा खबर