भेनेजुएलाको नाममा रुन्छु भन्दा आँसुले धोका दियो !

२०७५ माघ २४ बिहीबार १६:०८:०० मा प्रकाशित

नेपालमा त्यति लामो समय अगाडिबाट सम्वन्ध गाँसिएको मित्र राष्ट्र भेनेजुएलाको बारेमा हप्ता दिन अगाडिमात्र केही सुन्ने मौका मिल्यो । 

त्यहाँ मादुरोको विरुद्धमा उदुरोले सडकबाट राष्ट्रपति घोषणा गरे अरे ! 

विश्वका शक्तिशाली देशहरु कोही मादुरो त कोही भने उदुरोलाई सर्मथन गर्ने तर्फ लागेको पनि पत्रपत्रिकाबाट जानकारी पाईयो ।

नेपालका सीमा छिमेकीले मिच्ने बित्तिकै त्यो भेनेजुएलाले यत्तिको त विरोध गर्दैन । 

नेपालको सीमा मिच्न पाईंदैन भनेर सदन देखि सडकसम्म आवाज उठाउने गरेको सुनिन्छ । 

नेपालमा ठूलो भुईंचालो जानेवित्तिकै के राहत दिउँ भनेर उसले यति धेरै त गरेन नी ! 

भूईंचालोमा भएको जन धनको क्षतिबारेमा उही दिनमानै गहिरो समवेदना दिएको थियो । 

नेपालमा नाकाबन्दी भयो भन्ने सुने पश्चात आफ्नो परम मित्र नेपालमा पेट्रोलियम वस्तुको हाहाकार नहोस् भनेर तत्कालै पेट्रोलको मुहान नै नेपालतिर सोझ्याई दिएर सहयोग गरेको कुरा हामी जनतालाई थाहै छ ।

नेपालमा भुटानी शरणार्थी समस्या समाधानको लागि त्यो भेनेजुएलाले यति त गरेन नी ! 

अधिकांशलाई आफ्नै मुलुक र बाँकीलाई अन्य मुलुकमा बस्ने वातावरण मिलाउन कम्ति पहल गरेन ! 

यो भेनेजुएलाले नेपाललाई लगाएको गुन सम्झँदा मलाई आँसु झर्ला जस्तो भयो, रुन्छु भन्दा आँसुले धोका दियो !

नेपाललाई आफ्नो छिमेकमानै भएको देश जस्तै सम्झिएर एसियामानै पहिलो पटक ९ महिना अगाडि यहि सरकार गठन भए पश्चात जावो ५००मिलियन अमेरिकी डलर दिने निर्णय गर्ने देश जस्ताको कसले गुणगान गाउने ? 

विश्व शान्तिको ठेक्का लिएका हामी र नेपालको हर सुख दुःखमा साथ दिनेलाई हामीले नसम्झे कस्ले सम्झने !

 हामीलाई सानातिना कुरामा जिस्क्याउने होईन है भन्देया छ !
 

ताजा खबर