अन्य बलिउड स्टारहरुसँग रिसाइन् कंगना

२०७५ माघ २४ बिहीबार १३:२०:०० मा प्रकाशित


एजेन्सी । सार्वजनिक टिप्पणी गर्ने क्रममा कडा रुपमा प्रस्तुत हुँदै सधैंनै चर्चाको केन्द्रमा बस्न रुचाउने बलिउड नायिका कंगना रनोट फेरी चर्चित भएकी छिन् ।

बलिउडका अन्य स्टारहरुले आफुलाई कहिले साथ नदिएको र सहयोग नगरेको भन्दै उनले रिस पोखेपछि उनि समाचारहरुमा देखिन थालेकी हुन् ।

हालसालै उनको फिल्म मणिकर्णिकाः द क्वीन अफ झाँसी रिलिज भइ बजारमा राम्रो कमाइ गरिरहेको छ । चलचित्रलाई सफल बनाउन वा चलचित्रबारे राम्रो टिप्पणी गर्ने काममा बलिउड स्टारहरु नआएपछि उनि रिसाएको बताएकी छिन् ।  

यसको विपरित अर्का स्टार सोनु सूदले फिल्मको बारेमा नकारात्मक रुपमा टिप्पणी गरेको भन्दै उनि विरुद्ध खनिएकी थिइन् । अन्य बलिउड स्टारहरुले पनि फिल्मलाई सपोर्ट नगरेको भन्दै उनी भड्केकी हुन् ।

उनले सन् २०१४ मा क्वीन चलचित्र सफल हुँदा पनि कसैले साथ नदिएको बताइन् । उक्त चलचित्र औसत बजेटको सफल चलचित्र बनेको थियो । त्यस्तै तनु वेड्स मनुको स्क्रीनिङमा पनि कुनै ठुला स्टार नआएको उनले बताइन् ।

यसको विपरित आमिर खानको दंगल र सिक्रेट सुपरस्टार रिलिज हुँदा अम्बानी हाउसबाट समेत मान्छेहरु आइपुगेको उनले बताइन् । उक्त फिल्महरुको प्रिमियरको लागि आमिर स्वयं भने कहिले बाहिर नआएको तथ्य उनले खोलेकी छिन् ।

केहि स्टारहरुले भने आफुलाई लाज पचाउँदै फोन गर्ने गरेको कंगनाले बताइन् । उनिहरु सबैजना कंगनालाई प्रिभ्यू शो हरुमा आउन् भन्ने भावसाथ कल गर्ने गरेको बताइन् ।

अर्की नायिका आलीया भट्टले आफ्नो फिल्म राजी हेर्न आग्रह गरेको बताइन् । तर आलीयाले मणिकर्णिकाको कुरा गर्न आफुकहाँ एकपटक पनि नआएको दाबी गरिन् । आफुसँग यि स्टारहरु केहि कुरामा डरारहेको किन होला जस्तो लागेको पनि उनले बताएकी छिन् ।

 

 

ताजा खबर