अनिल कपूर पनि बायोपिकमा ?

२०७५ माघ २४ बिहीबार १२:४६:०० मा प्रकाशित

एजेन्सी । पछिल्लो समय बलिउडमा बायोपिक बनाउने क्रम ह्वात्तै बढेको छ । विशेषगरी विभिन्न विधामा उच्च सफलता पाएका खेलाडीको विषयमा बनेको बायोपिकहरुले बजारमा राम्रै व्यापार गरेपछि बलिउड फिल्म निर्माताको ध्यान त्यतै मोडिएको विश्लेषण गरिएको छ ।

सोही क्रमको निरन्तरता स्वरुप विश्व च्याम्पीयन भारतीय शुटर अभिनव बिन्द्राको बारेमा पनि बायोपिक बन्ने भएको छ । उक्त फिल्ममा अनिल कपूर मुख्य भुमिकामा रहने बताइएको छ ।

उनले उक्त चलचित्रमा आफ्ना छोरा हर्षवर्धन कपूरसँगै काम गर्ने पनि भनिएको छ । यस फिल्मको शुटिङ छिट्टै हुने जानकारी दिइएको छ ।

पछिल्लो समयमा अनिल कपूर पुनः बलिउडमा व्यस्त हुन थालेका छन् । ६२ वर्षको उमेरमा पनि तन्दुरुस्त रहेका उनि पछिल्ला समय आफ्ना छोरी र छोराका साथ चलचित्रमा आउँदै उनिहरुलाई पनि बलिउडमा स्थापित गर्न चाहेको कुरा स्पष्ट देखिन्छ ।

 

ताजा खबर