सुपरस्टार सलमान खान र क्याट्रिना कैफबीच बिवाह हुँदै....

२०७५ माघ २४ बिहीबार ०७:१८:०० मा प्रकाशित

मुम्बई,२४ माघ । बलिउडका सुपरस्टार सलमान खान विभिन्न कारणले चर्चामा आईरहन्छन् । कहिले व्यक्तिगत कारणले त कहिले उनको पेशाको कारणले । सलमान खान बिबाहको विषयमा पनि बारम्बार चर्चामा आईरहन्छन् ।

खानका फ्यान र मिडियाको लागि सबैभन्दा बढी चासोको बिषय हो उनको विवाह । अवसर पाउने बित्तिकै मिडियाले सलमानलाई तेर्साउने पहिलो प्रश्न हो बिबाह कहिले गर्नुहुन्छ ?

नहोस पनि किन ? ५० वर्ष कटिसकेका उनले किन विवाह गरेका छैनन् । जब बिबाहको प्रश्नको सामना गर्नुपर्छ, सलमान विभिन्न बहाना बनाएर टारिदिन्छन् ।

सलमान खानको नाम विभिन्न नायिकासंग जोडिदै आएको छ । तीमध्ये सबैभन्दा बढी नाम जोडिने नायिका हुन् क्याट्रिना कैफ । फेरि पछिल्लो पटक यी दुईको विषयलाई लिएर बलिउड तातेको छ ।

किनकी उनीहरु दुवै जनाको बिहेलाई लिएर । सलमान खान आफ्नो पूर्वप्रेमिका क्याट्रिना कैफसंग बिबाह गर्दैछन् । तर,रियल लाइफमा भने होइन् ।

खबरअनुसार सलमान आफ्नो फिल्म ‘भारत’ मा विवाह गर्न गइरहेका छन्, त्यो पनि पूर्वप्रेमिका कैफसँग । समाचार अनुसार  फिल्ममा सलमान र क्याट्रिनाको विवाहको एउटा सिन हुनेछ ।

सो सिन केही दिनमै खिच्न लागिएको छ । विवाहमा एउटा गीत पनि हुनेछ । इदको अवसरमा रिलिज हुने भारतमा सलमानसँग क्याट्रिना मुख्य भूमिकामा छिन् ।

केही दिन पहिले फिल्मको टिजर पनि सार्वजनिक गरिएको थियो । अली अब्बास जफरले निर्देशन गरेको भारतको टिजर दर्शकले खुबै मन पराएको चर्चा छ ।

ताजा खबर