‘गल्ली ब्वाय’ को लागि आलीया र रणविरको यस्तो मेहनत

२०७५ माघ २३ बुधबार १३:१५:०० मा प्रकाशित


एजेन्सी । आगामी फेब्रअरी १४ मा रिलिज हुन लागेको बलिउड फिल्म ‘गल्ली ब्वाय’ को लागि नायिका आलीया भट्ट र नायक रणविर कपूरले अति मेहनत गरेको खुलेको छ ।

फिल्ममा र्यापर भुमिकामा देखिने रणविरले १० महिनासम्म भारतीय र्यापर डिभाइन र नेजीसँग ट्रेनिङ लिएका थिए । र्यापरको वास्तविक जिन्दगी देखाउनको लागि रणविरले खुबै मेहनत गर्नु परेको थियो ।

नायक फरहान अख्तरकी बहिनी जोया अख्तरले निर्देशन गरेको यस फिल्ममा वास्तविक भाव ल्याउन वास्तविक स्थानमै शुटिङ गरेको खुलेको छ ।

नायिका आलीया र नायक रणविरले शुटिङको लागि मुम्बईको मलिन वस्तीहरुमा २५ दिनसम्म रहि शुटिङ सम्पन्न गरेका थिए । निर्देशक अख्तरको भनाइअनुसार यि दुई कलाकारले फिल्मको चरित्रको भुमिका निभाउन कुनै कसर बाँकि राखेका छैनन् ।

अहिलेसम्म यस फिल्मको तीनवटा गित रिलिज भइसकेको छ । फिल्ममा आलीया र रणविरका बाहेक कल्की कोचलिन र कुब्रा सेठ पनि रहेका छन् ।  

 

ताजा खबर