ओस्कार समारोहमा यसरी दुब्लो देखिए ए आर रहमान

२०७५ माघ २३ बुधबार १२:५७:०० मा प्रकाशित


एजेन्सी । ओस्कार पुरस्कार विजेता संगीतकार ए आर रहमानले उक्त समारोहमा दुब्लो देखिन गरेको कार्यको खुलासा गरेका छन् । उनले उक्त अवार्ड समारोहलाई लक्षित गर्दै दुब्लाउनकै लागि भन्दै खान तथा पिउन नै छोडेको बताएका छन् ।

रहमानले सन् २००९ मा फिल्म स्लमडग मिलेनियरको गित जय हो को लागि र ओरिजिनल स्कोरको लागि गरेर दुईवटा अवार्ड जितेका थिए ।

उक्त शो अति नै भव्य हुने तथा विश्वभरिका सेलिबे्रटीहरु उपस्थित हुने हुनाले रहमानले आफुलाई फिट राख्न खानपिनमा विशेष सजगता अपनाएको बताए ।

उक्त अवार्डमा जाँदा कस्तो लागेको थियो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘वास्वतमा त्यस्तो केहि लागेन । मैले त्यस शो मा जानको लागि भन्दै खान तथा पिउन नै छाडिदिएको थिएँ ।’ उनले ओस्कार जितेको १० वर्षगाँठ मनाउन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

 

 

ताजा खबर