यी हुन् बलिउडका बिर्सन नसकिने कमेडियन

२०७४ श्रावण २६ बिहीबार १२:४३:०० मा प्रकाशित

मुम्वई । भारतीय फिल्म नगरी बलिउडमा शुरुबाट नै कमेडीको झड्का लागेको छ । जुन भारतीय दर्शकहरुलाई मात्र नभएर बिश्वमा नै प्रख्यात भएको छ । जब बलिउडमा अमिताभ बच्चनको आगमन भयो त्यतिबेलादेखि फिल्महरुमा कमेडी अभिनय गर्नेहरुको संख्या घट्दै गयो। यसको कारण एउटै थिए,अमिताभ बच्चन । अमिताभ स्वयं एक पूर्ण कलाकार थिए । उनी सबै खाले अभिनय गर्न सक्ने क्षमताका कलाकार थिए । अहिले बलिउडमा पहिलेको जस्तो  कमेडियनको माग कम छ। दर्शकले पनि कमेडियनहरुलाई बिर्सन थालिसकेका छन् । तर आज पनि बलिउडमा केही कमेडियन यस्ता छन् जसलाई कसैले नचाहँदैमा बिर्सन सक्दैन।

उस्ताद महमुद

भारतीय सिनेमाका पहिलो कमेडियन थिए उस्ताद महमुद । यिनले नै भारतीय फिल्ममा कमेडियनको ट्रेण्ड बसालेका थिए । महमुद गायक हुनुका साथै फिल्म निर्माता र निर्देशक पनि हुन् । उनले करिब ३०० भन्दा बढि फिल्महरुमा काम गरिसकेका छन् । यी कलाकारले लगातार १५ पटक फिल्मफेयरबाट बेस्ट कमेडियनको अवार्ड पनि जितिसकेका छन् ।

केस्तो मुखर्जी

केस्तो मुखर्जी हिन्दी सिनेमामा कमेडियनका रुपमा एउटा ठूलो नाम हो । उनी प्राय फिल्महरुमा जँड्याहाको भूमिकामा देखिने गरेका छन् । शाहरुख खान र रनवीर कपुरले यी कलाकारसँग जँड्याहाको भूमिका गर्न सिकेका थिए ।

जोनी वाकर

हिन्दी सिनेमा जोनी वाकरको नाम प्रख्यात । उनी सबैले मनपराउने कमेडियनमा पर्छन्। रक्सी पिए पछिको अभिनय कोई गर्थे भने ती हुन् जोनी वाकर ।

जगदीप

यी कलाकारले बलिउडमा ४०० भन्दा बढि फिल्ममा काम गरेर आफ्नो क्षमता देखाइसकेका छन् । जगदीपको कमेडी हेरेका दर्शकको पेट नमिची बस्न सक्दैनथिए। यिनले धेरै फिल्महरुमा सहयोगी कलाकारको रुपमा पनि काम गरिसकेका छन्, जुन एकदमै प्रसंशायोग्य छ ।

गुफी पेंटल

अभिनयको शिक्षक हुनुभन्दा पहिला पेंटल बिख्यात कमेडियन थिए । मुम्बईका धेरै फिल्महरु पेंटलकै भूमिकाको कारण भुल्न नसकिने किसिमका छन् । पेंटल फिल्म एण्ड टेलिभिजन इन्स्टिचियुट अफ इन्डियाबाट ग्रेजुएट हुन् ।

राजपाल यादव

कमेडियन राजपाल यादवले सयभन्दा बढि फिल्महरुमा काम गरिसकेका छन् । युपीको एउटा सानो जिल्लाबाट आएका यी कलाकारले आफ्नो अभिनयबाट सबैलाई आश्र्चयचकित पारिदिएका छन् ।

जोनी लिवर

कमेडियन कलाकारहरुमध्ये जोनी लिवरको नाम पनि भारतीय फिल्म उद्योगमा एकदमै चलेका कमेडीयनको रुपमा लिने गरिन्छ । ९० को दशकमा जोनी लिवर हरेक फिल्ममा देखिने गर्थे । उनी भारतका पहिला स्टेंडप कमेडियन पनि हुन् ।

साभार: दैनिक जागरण 


 

ताजा खबर