प्रचण्डको टाई र ओलीको दौरा

२०७५ माघ २२ मंगलबार १४:५६:०० मा प्रकाशित

बिगत केहि समय देखि मैले नेपाली राजनीतिका दुई प्रमुख पात्रहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको हाउभाउ र पहिरन नियाल्ने गरेको छु । स्थानीय, प्रादेशिक, र संघीय सभा सम्मेलन, भेटघाट, भाषण, र भलाकुसारीहरुमा प्राय व्यस्त रहने यी दुई हस्तीहरु आआफ्नै  स्वभाव तथा शैलीकासाथ प्रस्तुत भएको देखेको छु । एकातिर ओली प्राय दौरा सुरुवालमाथि बाक्लो न्यानो कोटमा सजिएर सभाहरुमा देश र जनताको उत्थान गर्न आफूले बुनेको सपना सुनाउँदै ती सपनाहरु साकार पर्ने चर्चा गर्छन् । अर्कोतिर, प्रचण्ड सफा र चम्किलो कमिज माथि घाँटीमा कसिलो  टाई र कोटको पहिरनमा देशवासीलाई बिकासको ‘छलांग’ मार्ने सपनाहरु बाँडेको देख्छु । त्यो सपना साकार पार्ने निष्टा, नैतिकता, र नीतिगत उपायहरु आफुसँग छ भनि बताएको सुनेको छु ।

यही प्रसंगमा कसले कस्तो पहिरन लगाउने वा नलगाउने भन्ने कुरा नितान्त नीजि बिषय हो । नेतागणले यो लगाएको भए हुन्थ्यो वा त्यो नलगाएको भए हुन्थ्यो भन्नु वा उनीहरुको पहिरनको बारेमा छलफल र टिकाटिप्पणी गर्नु भनेको  व्यक्तिगत स्वतन्त्रता माथिको दखल हो । यद्यपि देशको शासनको बागडोर  समाल्ने  उच्च तह र तप्कामा आसिन व्यक्तित्वले आफ्नो देशको माटो सुहाउँदो, संस्कार, संस्कृति, र इतिहास झल्काउने, भाषा र भूषाको द्योतक पहिरनमा सजिए हुन्थ्यो भन्ने चाहना राख्नु अस्वाभाविक भने पक्कै नहोला । यस्तै चाहना वा बिचारका पृष्टभूमिमा हेर्दा ओलीको दौरा सुरुवालले दिने छवि स्वाभाविक, शोभनीय र सरल देखिन्छ । उनको पहिरनले देशको धर्म, संस्कृति, र इतिहासलाई प्रतिबिम्बित गर्छ र तिनलाई  जीवन दिन्छ ।

अब कुरा आयो, प्रचण्डको पहिरनको । उनले लगाउने सेतो कमेज र टाईकोबारे लेख्नु पूर्व टाईको छोटो इतिहास र त्यसकै पृष्टभूमिमा प्रचण्डको पोसाक बिशेषगरि उनको टाईको विवेचना गर्नु उचित होला ।

इतिहासका अनुसार, टाईको बिशेष प्रचलन १७ औं शताब्दितिर फ्रान्समा भएको देखिन्छ । मध्ययुरोपमा सन् १६१८ देखि १६४८ सम्म चलेको ३० बर्षे युद्धका बेला सहभागी हुने क्रममा तत्कालिन फ्रान्सेली राजा लुइस तेह्रौंले क्रोएसियाबाट लडाकुहरु झिकाएका थिए । लडाईंमा कुशल मानिने यी योध्दाहरु घाँटिमा स्यानो कपडा बेर्थे, जसको एउटा फुर्को छातीको मध्यभाग भन्दा केहि माथिसम्म आउने गथ्र्यो ।  लुइस तेर्हौंलाई यो पहिरन सुन्दर र शोभनिय लाग्यो । एकातिर, छातीतिर थोरै लत्रेको फुर्कोले कोटको माथिको खुला भागलाई सपक्क पार्ने काम गथ्र्यो । अर्कोतिर गलबन्दी जस्तो घाँटी वरिपरी फन्को मारेको त्यो कपडा शोभायमन देखिन्थ्यो । लुइस तेर्हौं लडाकुहरुको तेस्तो पहिरनबाट यति प्रभावित भएकी तत्पश्चात उनले राजकीय भेटघाट, भोज भतेरहरुमा त्यो पहिरनलाई अनिवार्य गराए ।

टाईको छोटो यो पृष्टभूमिमा प्रचण्डको टाई, उनले टाई लगाउनुको कारण, र तेस्ले राख्ने अर्थलाई खोतलौं । यहाँनेर, म पाठक वर्गहरुसँग के भन्न चाहन्छु भने, बिगत केहि समयदेखि प्रचण्डको टाईले मलाई सोच्न वाध्य बनाएको छ । म धेरैदिन तेसै तेसै घात्लिएर बसेको छु । अनि   धेरैरात निद्रा मसँग  निर्मोही बनेको छ । आखिर, जनयुद्धका नायक  प्रचण्ड किन टाई लगाउँछन् ।  टाईले उनको पोशाकीय संसारमा के अर्थ राख्ला ? यसै कारणले लगाए होलान भनेर ठोकुवा गर्नु पनि उपयुक्त हुँदैन, किनकि तेसो गर्नु भनेको यिनयअभलतचष्अ बन्नु हो । आजभन्दा नचयतभकत्रगभ हुनु हो । तेसैले प्रचण्डले टाई लगाउनुको सम्भावित कारणहरु र तिनको लेखजोखाको उपज हो यो लेख । आशा छ, पाठक वर्गले मेरो अड्कलबाजी पूर्ण विवेचनाका आधारमा प्रचण्डले टाई लगाउनुको अर्थबारे घोत्लिने छन् ।

प्रचण्डले टाई लगाउनुका सम्भाब्य कारणहरु यी हुन सक्लानः

१. दौरा र सुरुवाल पुरातनबादका द्योतक हुन् र तिनलाई पहिरिनु भनेको पाखण्डपनको पराकास्ट  हो ।

२. कुनै न कुनै रुपमा दौरा सुरुवाल शाहबंशीय परम्परासँग जोडिएकाले, ती भेषमा सजिनु भनेको कथmदयष्अिबििथ शाहबंशीय शासनबाट प्रताडित हुनु हो वा नयाँ शैलीको खोज गर्न नसक्नु हो ।

३. प्रचण्डको कद छोटो भएकोले दौरा र सुरुवालमा भन्दा कोट र टाईमा ठाँटिदा बढी शोभनीय देखिन्छ वा उनको परिवारका सदस्यहरु हर तहतप्काका राजनैतिक कार्यकर्ताहरु, र उनका शुभचिन्तकहरु प्रचण्ड सुट र टाईमा सजिँदा बडी सुहाएको र शोभनीय ठान्छन् । जुन कुरालाई प्रचण्डले स्वीकारेका छन् ।

४. पुरानो इतिहास र शासन पद्धति झल्काउने दौरा र सुरुवाल लगाउनुको साटो सुट र टाई लगाउनु भनेको राजनैतिक बिगतको भूतलाई हराउनु हो वा त्यसबाट आफू उन्मुक्त हुनु हो । यस अर्थमा, टाई लगाउनु भनेको एक खालको ‘छलांग’ मार्नु हो । 

५. प्राय सबै पश्चिमेली देशका नेतागणहरु सर्ट र टाईमा सजिने हुँदा, तिनै समकक्षी माझ आफूलाई तादात्म्य मिलाउन प्रचण्डले सुट र टाई लगाउँछन् होला ।

६. एकदिन संयोगवस सर्ट र टाईमा सजिएर बाहिर निस्कँदा जनता वा पार्टीका कार्यकर्ता माझ छुट्टै छाप पर्नगएको महसुस भएकाले वा उनीहरुबाट पाउने सम्मान र शिष्टताले शिखर छोएकाले प्रचण्डले त्यो बेला देखि टाई लगाउने निधो गरे होलान ।

७. बिश्वको राजनीतिक रंगमंचमा सुट र टाईको बर्चस्व भएकाले दौरा र सुरुवालमा सजिएर जाँदा एकखालको अफ्ठ्यारो अनुभूत हुने वा हिनताबोध हुने भएकाले प्रचण्ड प्राय संधै सर्ट र टाईमा सजिने होलान ।

८. बिदेशी प्रभूहरुलाई खुशी पार्न प्रचण्डले सुट र टाई लगाउँछन् होला ।

के उपरोक्त कारणहरुले गर्दा नै प्रचण्डले सुट र टाई लगाएका होलान् त ? आउनुहोस, एक एक गर्दै माथिका सम्भावित कारणहरु भित्रको तार्किकता वा सत्यता लाई केलाऊँ–

-  दौरा र सुरुवाल पुरातन सोच वा पाखण्डीपनका धोतक हुन् भनि बुझेकाले प्रचण्डले सर्ट र टाई लगाउँछन् भन्नु भनेको प्रचण्डले जीवन, दर्शन, राष्ट्रिय भेशभूषाबारेको महत्वप्रतिको बुझाई साँगुरो  छ भन्नु हो । नेताका रुपमा बेग्लै महत्व र हैसियत राख्ने प्रचण्डको जीवन जगत र भेशभुषाबारेको बुझाई  त्यति संकुचित छ भन्नु तर्कपूर्ण छैन ।

- दौरा र सुरुवाल शाहबंशीय परम्पराको  बिम्बहरु हुन्  र यिनीहरु पहिरिनु भनेको पुरातन मानसिकताबाट जकडिनु हो वा “छलांग“ मार्न नसक्नु हो भन्ने सोचका कारण पनि प्रचण्डले सुट र टाई लगाएका होलान् भन्नु पनि संकीर्ण मानसिकताको उपज हो । ‘इतिहासको कालखण्डमा पृथ्वीनारायण शाहले  २२ से र २४ बिसे राज्यहरुलाई एक ढिक्का नबनाई दिएको भए आज हामी  नेपाली भनेर संसार सामु गर्व गर्न कहाँ पाऊँथ्यौं र’भन्ने कुराको हेक्का प्रचण्डलाई राम्रै हुनुपर्छ । यसर्थ, शाहबंशीय परम्परा र शासकिय शैलीसँग दौरा र सुरुवाललाई जोडेर तिनको महत्वलाई नजरअन्दाज गरि प्रचण्डले  सुट र टाईलाई अंगिकार गरे होलान भन्नु भ्रम मात्र हुनजान्छ जस्तो लाग्छ । बिगत र शाहशीय शासनसँग जोडिएका सबै कुरा नराम्रा भन्ने हो भने, पृथ्वी नारायण शाहले आर्जेको भूगोल भित्र आफ्नो राजनैतिक पहिचान खोज्ने नैतिक आधार के? शाहवंशसँग सम्बन्धित सबै कुराहरुबाट आफूलाई  पृथक वा अलग राख्ने हो भने त, देशलाई फेरी पृथ्वीनारायण शाह को शासनकाल पूर्वको  २२ से र २४ से राज्यहरुमा देशलाई पुनरसंरचना गर्नु पर्यो । यस्ता कुराहरु बहुलठ्ही पूर्ण छन् । तेसै कारणले गर्दा प्रचण्डले पुरातनबाद झल्काउने शाहवशसँग जोडिएका बिम्बहरु भनि दौरा र सुरुवाल लगाउन छोडेको नहुनु पर्छ ।

- प्रचण्ड होचो तर गठिलो कदका, हँसिला, र चुस्त देखिने राम्रा व्यक्ति हुन् । त्यसमाथि उनको जुँगाले भिन्दै शोभा थपेको छ । दौरा र सुरुवालमा सजिँदा पनि उनि पक्कै पनि उतिकै राम्रा देखिएलान् । त्यसैले उनि होचो कदका भएकाले दौरा र सुरुवालको साटो सर्ट र टाईमा सजिए होलान भन्नु पनि तर्क संगत छैन । 

- पश्चिमेली राजनैतिक समकछीहरु संगको भेटघाटमा सुट र टाईमा सजिंदा तादात्म्यता मिल्ने भएकाले प्रचण्डले सुट र टाई लगाउने होलान भन्नु पनि त्यति युक्तिसंगत देखिँदैन । यस्तो तर्क, बुझाई र ब्याख्याले प्रचण्डले राष्ट्रिय चाडपर्वहरु र देश दौडाहा गर्दा  सर्ट र टाई किन लगाऊँछन् त भन्ने   बुज्न सम्भव बनाऊँदैन ।

- कम्युनिस्ट बिचार बोक्नेहरुका विरुद्ध अरिंगाल झैँ खनिने बिश्व शक्ति राष्ट्रहरुसँग कुनै न कुनै तादात्म्य कायम गरि नेपालमा कम्युनिस्ट क्रान्ति सफल पार्न सक्ने प्रचण्डले आफ्नो हैसियत राम्रै बुझेका छन् । तेसैले दौरा र सुरुवाल लगाउँदा बिश्व रंगमंचमा लघुताभास हुने भएकाले प्रचण्डले तिनको साटो सुट र टाई लगाउँदा हुन् भन्नुपनि तर्क संगत देखिँदैन । अर्को कुरा, प्रचण्डलाई राम्रै थाहा छ कि हिजोको उपनिबेशबाद २१ सांै शताब्दिसम्म आइपुग्दा भेष बदलि सकेको छ भनेर ।  
 

 

   
 

ताजा खबर