आइटम गितमा यस्ती देखिइन् सोनाक्षी सिन्हा

२०७५ माघ २२ मंगलबार १३:१६:०० मा प्रकाशित


एजेन्सी । नायिका सोनाक्षी सिन्हा अहिले नयाँ आइटम गितमा देखिएकी छिन् । अजय देवगनको फिल्म 'टोटल धमाल' को 'मुंगडा' नामक गितमा सोनाक्षी देखिएकी हुन् ।

यो गित बलिउडकी पूर्व नायिका हेलेनको आइटम गित मुंगडाको रिमेक हो । गोल्डेन रंगको पोशाकमा शानदार नृत्य गरेकी सोनाक्षीको यो गित २ मिनेट ८ सेकन्डको रहेको छ ।
करिब दुई घण्टाअघि मात्र रिलिज भएको यो गितले सामाजिक संजालमा राम्रै चर्चा पाउन थालिसकेको छ ।

यस गितमा ज्योतिका तंगरी, शान र शुब्रो गांगुलीले आवाज दिएका छन् । यो फिल्म धमाल नाम फिल्मको तेश्रो भाग हो ।

यसमा अनिल कपूर, माधुरी दीक्षित, रितेश देशमुख र अरशद वारसी लगायतका कलाकारहरु रहेका छन् । माधुरी र अनिल करिब १८ वर्षपछि एउटै पर्दामा यहि फिल्म मार्फत् देखिन लागेका हुन् ।

यो फिल्म आगामी फेब्रअरी २२ मा रिलिज हुने तालिका रहेको छ ।

यस गितको भिडियो हेर्नुहोस्

 

 

ताजा खबर