दक्षिण भारतीय अभिनेत्रीलाई श्रम शोषण आरोप ?

२०७५ माघ २२ मंगलबार १२:०९:०० मा प्रकाशित


एजेन्सी । दक्षिण भारतीय अभिनेत्री भानुप्रियालाई श्रम शोषणको आरोप लागेको छ । उनको घरमा तीन जना नाबालिग युवतीहरुलाई उद्दार गरेपछि उनलाई यस्तो संगीन आरोप लागेको हो ।

तीन मध्येकी एक युवतीकी आमाले बालबालिका सम्बन्धी काम गर्ने संस्थाको अधिकारीलाई अभिनेत्रीलाई जबरजस्ती आफ्नो घरमा राखेको बताएपछि छापा मारिएको बताइएको छ । यसको विपरित भानुप्रियाले भने युवती र उनकी आमामाथी चोरीको आरोप लगाएकी छिन् ।

उक्त नाबालिग युवतीकी आमाले भने अभिनेत्रीले जबरजस्ती घरमा काम गर्न राखेकी थिइन् । सित्तैमा काम लगाएकी उनले एजेन्टलाई काम गरेबापत् १० हजार तलब दिने बाचा गरेकी थिइन् ।

युवतीकी आमाले आफ्नी छोरीमाथी कुटपिट तथा यौन शोषणको आरोप लगाएकी छिन् । नाबालिगहरुलाई बिना पैसा काम गराइ श्रम शोषण गरेको घटना चर्चित बनेको छ ।
५२ वर्षिय अभिनेत्री भानुप्रियाले भने उक्त युवतीले काम गर्न आउँदा आफु १८ वर्षको भएको बताएकोले काममा राखेको भनेकी छिन् । उक्त युवतीको वास्तवीक उमेर भने १५ वर्ष मात्र रहेको छ । त्यस्तै उनले युवतीले घरबाट इलेक्ट्रोनिक ग्याजेट र गहना चोरेर आफ्नी आमालाई दिएकी थिइन् ।

उक्त महिलालाई चोरेको सामान फिर्ता गर्न भनेपछि सुरुमा आईप्याड फर्काएको र केहि दिनमा घडी र क्यामेरा पनि फर्काउने बताएकी थिइन् ।

बाल अधिकारकर्मी अच्यूत रावले भने भानुप्रियाको घरमा छापा मारेर युवतीको उद्दार गरिएको र बाल श्रम कानून उल्लंघन भएकोले भानुप्रियालाई पक्राउ गर्नुपर्ने बताएका छन् । उनले एजेन्ट मार्फत् कामदार लिएको खुलेकोले यसमा मानव तस्करीको आशंका पनि रहेको बताएका छन् ।

 

ताजा खबर