रजनीकान्तकी छोरी दोस्रो विवाह गर्दै, आमाले लेखिन् पुलिसलाई पत्र

२०७५ माघ २२ मंगलबार ०९:४०:०० मा प्रकाशित

मुम्बई,२२ माघ । भारतका चर्चित सुपरस्टार रजनीकान्तकी छोरी सौन्दर्या दोस्रो पटक बिहे गर्न लागेकी छन् । उनले ट्वीटमार्फत आफू नायक विशागन वनंगमुदीसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् ।

सौन्दर्याले ट्वीटमार्फत दिएको जानकारी अनुसरा उनीहरुको फेब्रुअरी ११ तारिखमा विवाह हुँदैछ । सौन्दर्याले ट्वीटमा भनेकी छन्ः‘एक हप्ता बाँकी। दुलही मोड, विशागन वेड सौन्दर्या ।’

उनको विवाह रजनीकान्तको पोइस गार्डनस्थित घरमा हुनेछ जसमा विवाहको तयारी धमाधम भईरहेको छ ।

 
यसैबीच, रजनीकान्तकी श्रीमती तथा सौन्दया आमा लताले तमिलनाडु पुलिसलाई चिट्ठी लेखेर घरबाहिर सुरक्षा बढाउने माग गरेकी छिन् ।

उनका अनुसार घर बाहिर ट्राफिक जामको स्थिती हुनसक्छ र फ्यानको ओइरो लाग्न सक्ने भएकाले पुलिसको सहयोग मागिएको हो ।

लताका अनुसार फेब्रअुरी १० देखि विवाहको कार्यक्रम सुरु हुनेछ भने ११ फेब्रुअरीमा विवाह हुनेछ । रिसेप्सन भने १२ तारिखमा हुने जनाइएको छ ।

ताजा खबर