आलीयासँग ब्रेकअप गरेका सिदार्थले पहिलोपटक सम्बन्धको बारे बोले

२०७५ माघ २१ सोमबार १३:०४:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा अफेयर चल्नु र तोडिनु नौलो परम्परा होइन । यहि परम्पराको एउटा पाटोमा रहेका बलिउड नायक सिदार्थ मल्होत्रा र नायिका आलीया भट्टको पनि सम्बन्ध पनि ४ वर्षपछि तोडिएको थियो ।

आलीया हाल रणविर कपूरसँग रिलेशनमा छिन् भने सिदार्थको बारेमा खासै कुरा बाहिर आएको छैन । यी दुईले सँगै काम गरेको फिल्म स्टुडेन्ट अफ द एयर नामक फिल्मपछि सम्बन्धमा रहेको बताएका थिए । चारवर्ष चलेको सम्बन्ध तोडिएपछि सिदार्थ र आलीया अहिलेसम्म पनि एकअर्कासँग नबोलेको उनले खोलेका छन् ।

कफी विथ करन नामक टक शो मा आएका सिदार्थले पहिलो पटक यसरी आफ्नो टुटेको सम्बन्धको बारेमा बोलेका हुन् । उनले आफ्नो सम्बन्ध सार्वजनिक भएको र त्यति बेला राम्रो सम्बन्ध रहेको बताएका छन् । सम्बन्ध टुटेका लामो समय भइसकेको तर उक्त सम्बन्ध टर्रो भने नरहेको उनले भनेका छन् ।

उनले दुई व्यक्तिसँगै रहन नचाहनुमा किन केहि कारण हुनुपर्ने भन्दै प्रतिप्रश्न गरेका छन् । त्यो समय नै धेरै तलमाथी भएको र यसबाट आफुलाई बाहिर निकाल्दा आफुलाई राम्रो र खुशीदिने यादहरु बाँकि रहने भनेका छन् ।

हाल रणविर र आलीया हाल ब्रम्हास्त्र नामक फिल्ममा सँगै काम गरिरहेका छन् ।


 

 

ताजा खबर