पछिल्लो समय किन तनावमा छिन् दंगलकी नायिका फातिमा...?

२०७५ माघ २१ सोमबार ०९:४५:०० मा प्रकाशित

मुम्बई,२१ माघ । बलिउड नायिका फातिमा सना सेखले आफु विगत केहि समययता तनावमा रहेको बताएकी छन् । बलिउडका चर्चित नायक आमिरसँग निरन्तर नाम जोडेर समाचार आउन थालेपछि यस्तो समाचारले आफूलाई तनाव हुने गरेको उनले बताएकी छन् । यो विषयमा आमिर र फातिमाले विगतमा केही बोलेका थिएनन् ।

तर, यसबारे निरन्तर समाचार आउन थालेपछि बल्ल फातिमाले आफूहरूबीच त्यस्तै कुनै सम्बन्ध नभएको र यस्तो समाचार आउँदा दुःख लाग्ने गरेको बताएकी हुन् । आफूले नचिनेका केही व्यक्तहरूले नै आमिरसँग नाम जोडेर यस्तो समाचार लेख्ने गरेको पनि उनले दुखेसो पोखिन् । यस्तो समाचारले दर्शकलाई आफू नराम्रो कलाकार भएको सन्देश जाने उनको चिन्ता छ ।

त्यसैले, आमिरसँग आफ्नो नाम जोडेर यसरी दुःख नदिन उनले अनुरोध गरेकी छन् । यो विषयमा आफूलाई कहिल्यै नसोधिएको र मनमानी रूपमा आमिरसँग सम्बन्ध जोडेर समाचार लेख्दै र बोल्दै आएकोप्रति पनि उनले आक्रोश पोखेकी छन् ।

आमिरले चलचित्र दंगलबाट उनलाई बलिउडमा मुख्य अभिनेत्रीका रूपमा भित्राएका थिए । चलचित्र दंगल हिट भएपछि दोस्रो चलचित्र ठग्स अफ हिन्दुस्तानमा पनि उनले आमिरसँग काम गरिन् । यसै क्रममा उनको नाम आमिरसँग जोड्ने गरिएको छ ।

ताजा खबर