दबंग–३ मा पनि करीना कपूरको आइटम डान्स हुने

२०७५ माघ २० आइतबार १३:२१:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा राम्रैसँग जमेकी नायिका करीना कपूर खानले दबंग–३ मा आइटम डान्स गर्ने पक्का भएको बताइएको छ ।

हाल आफ्नो फिल्म गुड न्यूजको शुटिङको लागि व्यस्त रहेकी करीनाले दबंगका निर्माता अरबाज खानसँग जुहुमा भेट गरेकी छिन् । यसअघि पनि करीनाको आइटम डान्सलाई दर्शकले मन पराएको कारण करीनालाई पुनः यसको लागि अनुरोध गरेको बताइएको छ । करीनाले पनि यस विषयमा छिट्टै नै करार गर्ने दाबी भारतीय पत्रिकाहरुले गरेका छन् ।

दबंग–३ आगामी मार्चदेखि शुटिङ गरिने भएको छ । फिल्ममा सलमान खान, सोनाक्षी सिन्हा र अश्वनी मांज्रेकरको नाम फाइनल भइसकेको छ ।

 

ताजा खबर