क्यान्सरलाई जितेकी सोनाली बेन्द्रे टेलिभिजनको पर्दामा फर्किदै ?

२०७५ माघ २० आइतबार १३:०४:०० मा प्रकाशित

एजेन्सी । क्यान्सर रोगबाट थलिएकी बलिउड नायिका सोनाली बेन्द्रे काममा फर्किन थालेको थाहा भएको छ ।

अमेरिकामा लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी उनी हाल ठिक भइसकेको बताइएको छ । इन्स्टाग्राममा एक तस्विर सार्वजनिक गर्दै लामो समयपछि सेटमा फर्किएको जानकारी दिएकी छिन् ।

उक्त फोटोको साथ उनले आफु धेरै किसिमले प्रयोग भएको र आफुलाई फरक अनुभव भएको बताएकि छिन् । आफुलाई क्यामेरामा पुनः फर्किन पाएको साह्रै खुशी लागेको पनि भनेकी छिन् । उनले लेखेकी छिन्, ‘पछिल्ला केहि महिनामा मेरा भावनाहरु मृत हुँदै थिए । अहिले कामलाई चाहिए अनुसारको भावना व्यक्त गर्दैछु । यस्तै दिन हो मेरा लागि सहयोगी हुने । ’

जिवनमा नराम्रो दिन देखेकि सोनालीले पछिल्लो समय पढाई लेखाइमा पनि विशेष ध्यान दिइरहेकी छिन् । उनले एउटा बुक क्लब सुविधा पनि शुरु गरेकी छिन् । उनले क्यान्सर जस्तो प्राणघातक रोगलाई जितेर समाजमा राम्रो उदाहरण कायम गरेकी छिन् ।

क्यामेरा अगाडि आएको भनिएपनि सोनाली अहिले कुन कार्यक्रम मार्फत् टेलिभिजनको पर्दामा फर्किने भन्ने खुलेको छैन ।

 

ताजा खबर