रोहित शेट्टीको फिल्ममा फेरी करीना ?

२०७५ माघ १८ शुक्रबार १३:१६:०० मा प्रकाशित


एजेन्सी । बलिउड फिल्म डाइरेक्टर रोहित शेट्टी र नायिका करीना कपूर खान फेरी सँगै काम गर्न सक्ने समाचार बाहिरिएको छ ।

रोहितले आफ्नो आगामी फिल्म सूयवंशी र गोलमाल ५ को लागि नायिका खोजिरहेका बताएका थिए । सोही क्रममा केहिदिन अघि करीना र रोहितको भेट भएको र उनिहरुको फोटो बाहिरिएपछि रोहितको फिल्ममा करीनाले काम गर्ने आँकलन गरिएको हो ।

करीनाले यसअघि गोलमालको दोश्रो र तेश्रो भागमा रोहितसँगै काम गरेकी थिइन् । उक्त दुबै फिल्म हिट पनि भएको थियो ।

उक्त फिल्मको चौथो भागमा उनि गर्भवति रहेको कारण परिनीति चोपडाले उक्त फिल्ममा काम गरेकी थिइन् ।

रोहित र करीनाको यो भेट र तस्विर सार्वजनिक हुनुले पनि आगामी दुबै फिल्ममा करीनाले काम गर्न सक्ने अनुमान गरिएको बताइएको छ ।

करीनाको ‘गुड न्यूज’ र ‘तख्त’ नामक दुई फिल्म आउने क्रममा रहेको छ । विवाहपछि पनि राम्रो फिगरमा रहेको र उनको क्रेज नघटेको कारण उनलाई फिल्ममा लिने डाइरेक्टरहरुको कमि भने रहेको छैन ।

 

ताजा खबर